काठमाडौं। भूमिगत कालमा अनेकौ अप्ठ्याराहरु र मृ’त्युको मुखबाट उम्कदा पनि त्यति सारो दुःख नमानेकी पूर्व सभामुख कृष्णबहादुर महराकी पत्नी सीता महरालाई अहिले सपनामा पनि नसोचेको ब’ज्र’पात परेको छ ।संसद सचिवालयमा कार्यरत कर्मचारी रोशनी शाहीसँग लसपस भइरहेका समाचारहरु तत्कालिन माओवादी पार्टीका नेताहरुबीच गाइगुइ चलिरहँदा उनी भनी यो विषयबाट गुमनाम जस्तै थिइन् । सोझो र सरल स्वभावकी सीता आफ्ना पतीले यस्तो व्यवहार गर्लान भन्ने कहिले सोचेकी थिइनन् ।एक्कासी रोशनी शाहीमाथि उनकै डेरामा पुगेर यौ न दु र्व्यवहार गरेको समाचार छ्यापछ्याप्ती भइरहँदा पनि उनलाई यसको पत्तै थिएन । धेरैपछि मात्रै उनले यो थाहा पाउँदा पृथ्वी घुमेजस्तै लाग्यो उनलाई । साथै उनले आफ्नो जीवनमा आफूले सदैव अगाध विश्वास र माया गरेको आफ्नो पतिबाट विश्वासघा’त मात्र होइन् व’ज्र’पातनै परेको अनुभव गरिनन् ।
उनले आफ्नौ पतिका विषयमा अदालतमा पुगेर बयान दिनुपर्छ भन्ने कल्पना समेत गरेकी थिइनन् । तर, उनका लागि पत्याउनै नसकिने घ’टना जीवनमा आइपर्यो । र, उनी विवशता साँध्दै बयान दिन पुगिन् ।महराकी पत्नी सीता महराले बयान दिएकी छन् । श्रीमती महराले पीडित महिलाको कोठामा गई जबर’ज’स्ती क रणी गर्न खोजेको र मेरो श्रीमानको मोबाइलबाट पीडितको मोबाइलमा म्यासेजसमेत पठाएको भन्ने समाचार आएपछि उनले रि’स थाम्न सकेकी थिइनन् ।बयानमा उनले च’र्को रि’सको बेलामा यी सबै कुराको कारक त्यही मोबाइल नै भएको भन्दै श्रीमानले प्रयोग गर्ने मोबाइल हातबाट खोसेर फुटाएको बताएकी छन् । फुटाएको मोबाइल कोठामा भए पनि बालुवाटार निवासबाट डेरासर्दा कहाँ पर्यो, थाह नभएको बताइन् ।पछिल्लो चरणमा प्रहरीले हरेक घटनाको छानबिनका क्रममा मोबाइल फोन महत्वपूर्ण प्रमाणका रुपमा पेस गर्दै आएको छ।
Views: 0