सनी संकटाको दर्सन गरि आजको राशिफल हेर्नुहोस ।।

२०७६ चैत्र २२, शनिबार ०१:१६ गते २०७६ चैत्र २२, शनिबार ०१:१६ गते २०७६ चैत्र २२, शनिबार ०१:१६ गते

वि.सं. २०७६ चैत २२। शनिवार। इ.स. २०२० अप्रिल ४। ने.सं. ११४० चौलाथ्व। चैत्र शुक्लपक्ष। एकादशी,
मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ – हतारमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने हुन सक्छ। भूमि तथा पशुधनबाट लाभ मिल्नेछ। टाढिएका आफन्त नजिकिनेछन्। मध्याह्नदेखि पठनपाठनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। सुखद् समाचारले उत्साह जगाउनेछ। दिगो योजनाका साथ अघि बढ्दा राम्रै लाभ मिल्नेछ।

बृष – TAURUS इ, उ, ए, ओ, बा, बि, बु, बे, बो – सम्भावना देखिए पनि उपलब्धि हातपार्न धेरै श्रम गर्नुपर्ला। काममा आफ्नो श्रम परे पनि प्रतिफलमाथि अरूले राज गर्नेछन्। पहिले दिएको वचनले अप्ठ्यारो पार्न सक्छ। आफन्तहरू टाढिन सक्छन्। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला। अरूका लागि श्रम तथा बुद्धि खर्चनुपर्ला। भूमि तथा पशुधनबाट सामान्य लाभ मिल्नेछ। अरूको मुख ताक्ने बानीले पछि परिनेछ।

मिथुन – GEMINI का, कि, कु, घ, ङ, छ, के, को, ह – विचारले धेरैलाई आकर्षण गर्ने समय छ। बोलीको भरमा चिताएको काम सम्पादन हुन सक्छ। प्रशंसकहरू बढ्नेछन्। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ। मध्याह्नदेखि सहयोगीहरू जुट्नाले काम बन्नेछ। पुरुषार्थद्वारा प्रतिस्पर्धीहरूलाई पछि पार्न सफल भइनेछ। कृषि र व्यवसायमा विशेष फाइदा उठाउन सकिनेछ।

कर्कट – CANCER हि, हु, हे, हो, डा, डि, डु, डे, डो – तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू बढ्नेछन्। विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। पारिवारिक जमघटका बीच स्वादिष्ट खानपानको अवसर प्राप्त हुनेछ। ज्ञान, कला र व्यक्तित्व निखार्ने समय छ। आकर्षक उपहारले उत्साह जगाउनेछ। सोखले पछिसम्म लाभ हुने काम प्रारम्भ गराउनेछ। तर खर्चको मात्रा बढ्न सक्छ।

सिंह – LEO मा, मि, मु, मे, मो, टा, टि, टु, टे – खर्च लागे पनि प्रयत्न गर्दा काममा सकारात्मक संकेत प्राप्त हुनेछ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। मिहिनेतीहरूका लागि दिन फलदायी रहनेछ। आजको श्रमबाट पछिलाई फाइदा हुनेछ। दिउँसोतिर पारिवारिक भेटघाटले खुसियाली छाउनेछ। नयाँ योजना थाल्ने समय आएको छ। सहयोगीहरूले साथ दिनेछन् भने पहिलेको सफलताले पनि हौसला प्रदान गर्नेछ।

कन्या – VIRGO टो, प, पि, पु, ष, ण, ठ, पे, पो – मिहिनेत गर्दा आम्दानीका स्रोत फेला पर्नेछन्। आवश्यक भौतिक साधन सजिलै जुट्नेछन्। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। दिउँसोदेखि खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। आवश्यकता पूरा गर्न सरसापट वा ऋण लिनुपर्ने हुन सक्छ। सोखले फजुल खर्च बढाउनेछ। आँटेको काममा बाधा हुन सक्छ।

तुला – LIBRA र, रि, रु, रे, रो, ता, ति, तु, ते – विवादास्पद काममा हात हाल्नुपरे पनि प्रयत्न गर्दा बिस्तारै लक्ष्यमा पुग्न सकिनेछ। अवसरले पछ्याउनेछन् भने दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। दिउँसोदेखि आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिलेका कामबाट पनि प्रशस्त लाभ हुनेछ। उठ्नुपर्ने रकम हातलागी हुनेछ। कृषि, पशुपालन र व्यापारमा फाइदा हुनेछ।

बृश्चिक – SCORPIO तो, ना, नि, नु, ने, नो, या, यि, यु – तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। सामाजिक जिम्मेवारी र आफ्नो क्षेत्रको नेतृत्व हातलागी हुनेछ। सहयोगीहरूले हिम्मत दिलाउनेछन्। चिताएको काम छिटै सम्पादन हुनेछ। कामको दायित्व बढ्नेछ। दाम र प्रतिष्ठा कमाउने बेला छ। व्यापार–व्यवसायबाट लाभ मिल्नेछ। मिहिनेतले सफलता दिलाउनेछ। सानो प्रयत्नले जीवनशैलीमा सुधार ल्याउन सकिनेछ।

धनु – SAGITTARIUS ये, यो, भ, भि, भु, ध, फा, ढ, भे – अरूका लागि समय खर्चनुपर्ला। परिस्थिति अलि बिग्रन सक्छ। सानोतिनो समस्याले अल्झाउनेछ भने स्वास्थ्य पनि प्रतिकूल रहनेछ। व्यवहारमा शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला। दिउँसोदेखि सहयोगीहरूले साथ दिनेछन् भने भाग्यले विभिन्न अवसर जुराउनेछ। काम देखाएर प्रभाव जमाउन सकिनेछ। दाम र प्रतिष्ठा कमाउने बेला छ। नयाँ जिम्मेवारी प्राप्त हुनेछ।

मकर – CAPRICORN भो, ज, जि, खि, खु, खे, खो, गा, गि – काममा साथीभाइको सहयोग जुट्नेछ। विद्यार्थीहरूमा ज्ञानको भण्डार बढ्नेछ। दैनिकी फुर्सदिलो देखिए पनि आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। दिउँसोदेखि स्वास्थ्य कमजोर रहनाले चिताएको काम पूर्ण नहुन सक्छ। पहिलेको नतिजा कमजोर हुनाले काम दोहोर्याउनुपर्ला। मिहिनेतको उपलब्धि कम मात्र प्राप्त हुनेछ। समस्याप्रति समयमा गम्भीर नबन्दा दु:ख पाइनेछ।

कुम्भ – AQUARIUS गु, गे, गो, सा, सि, सु, से, सो, द – सामान्य काममा पनि प्रतिस्पर्धा गर्नुपर्नेछ। वादविवादले मनमा आक्रोश जाग्नेछ। मध्याह्नपछि स्थितिमा सुधार आउनेछ र बुद्धिको उपयोगले परिस्थिति अनुकूल बनाउन सकिनेछ। आकर्षक उपहारले उत्साह जगाउनेछ। तर आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन्। स्रोतसाधन जुट्नाले दिगो काम बन्नेछ। तापनि रमाइलो क्षणमा मन ढुक्क भने नहुन सक्छ।

मीन – PISCES दि, दु, थ, झ, ञ, दे, दो, च, चि – परिस्थितिको चक्रमा अलमलिनुपर्दा कार्यसम्पादनमा समय लाग्नेछ। अरूका विषयमा चासो लिँदा आफ्नो काम बिग्रन सक्छ। दिउँसोदेखि स्थितिमा सुधार आउनेछ। मिहिनेतले काम बन्नेछ भने भौतिक साधन जुटाउन सकिनेछ। पहिलेको सफलताले हौसला प्रदान गर्नेछ। भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ। प्रतिस्पर्धात्मक काममा विशेष फाइदा हुनेछ।

(जोतिस शास्त्र सम्बन्धी कुनै जानकारी चाहिएमा उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४)

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *