काठमाडौँ। न्युयोर्कका गभर्नरले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोरोना भाइरसका सह षडयन्त्रकर्ता भएको आरोप लगाएका छन्। राष्ट्रपति ट्रम्पले तथ्यहरूलाई बङ्गयाएर स्तिथिलाई झन् संकटमा पार्न खोजेको आरोप लगाएका छन्। गभर्नर एन्ड्र्यू कुमोले राष्ट्रपति भएर मास्क लगाएर जनतामा उदाहरण बन्नुपर्नेमा उनले मास्क लगाउन समेत इन्कार गरेको आरोप लगाएका छन्।अमेरिकामा हाल कोरोनाभाइरसबाट संक्रमण हुनेको संख्या ३० लाख बन्दा बढी रहेको छ। यस्तै मृत्युहुनेको संख्या १ लाख ३२ हजार भन्दा पनि बढी रहेका छन्। यसै अवस्थालाई आधार मानेर विशेषज्ञ डा. एन्थोनी फौसीले अमेरिकाको अवस्था वास्तवमै नराम्रो रहेको भनेका छन्। अमेरिकाले पहिलो चरणको भाइरस अगाडि घुँडा टेकिसकेको उनले बताए। यसैगरी, मायामीमा खुलिसकेका रेस्टुरा र होटेलहरु फेरि बढ्दो संक्रमणका कारण बन्द गर्नुपर्ने बाध्यता रहेको बाध्य उनले बताए। यद्यपि, राष्ट्रपतिका प्रेस सचिव कायली म्याकेनीले ह्वाइट हाउसमा फरक मत राखेकी छिन्, खराब रेकर्डको बाबजुद संकटका बेला ट्रम्पलाई एक सच्चा नेताको रुपमा लिनुपर्नेमा जोड दिएकी छिन्।
Views: 0