कोस्टारिकामा प्रधानमन्त्री अोलीलाई पीएचडी उपाधिकाठमाडाैँ । कोस्टारिकाको भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले अर्को पीएचडीको उपाधी पाएका छन । सान जोसमा रहेको शान्ति विश्वविद्यालय(युनिभर्सिटी फर पिस) ले उनलाई मानार्थ विद्यावारिधीको उपाधि दिएको उनको राजनीतिक सल्लाहकार विष्णु रिमालले ट्वीटरमार्फत जानकारी दिएका छन ।
सोही क्रममा नेपालले युनिभर्सिटी फर पिसको स्थापनासम्बन्धी अन्तराष्ट्रिय सन्धीमा हस्ताक्षर समेत भएको छ । योसँगै नेपाल विश्वविद्यालय चार्टर अंगिकार गर्ने ४१ औँ मुलुक भएको छ ।
यसअघि प्रधानमन्त्री ओलीलाई गत चैतमा भारतको राजकीय भ्रमणका क्रममा त्यहाँको उत्तराखण्डमा रहेको गोविन्द बल्लभ पन्त कृषि तथा प्रविधि विश्व विद्यालयले मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरेको थियो ।
karnalinews
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0