नेपाली सेनाका सेकेण्ड लेफ्टिनेण्ट थापालाई बेलायतमा अन्तर्राष्ट्रिय तरवार (स्वर्ड) पुरस्कार

२०७७ मंसिर २७, शनिबार १९:२७ गते २०७७ मंसिर २७, शनिबार १९:२७ गते २०७७ मंसिर २७, शनिबार १९:२७ गते

लण्डन, २७ मंसिर – नेपाली सेनाका एक अधिकृतले अन्तर्राष्ट्रिय तरवार (स्वर्ड) पुरस्कार जितेका छन् । बेलायती सेनाले सार्वजनिक गरेको विवरणअनुसार, नेपाली सेनाका सेकेण्ड लेफ्टिनेण्ट थापाले यसबर्षको कोर्समा टप गर्दै बेलायती सेनाको अन्तर्राष्ट्रिय तरवार (स्वर्ड) पुरस्कार जितेका हुन्। पिटर थापा बेलायतको प्रतिष्ठित स्याण्डहष्र्ट सैनिक महाविद्यालयमा सर्वोत्कृष्ट घोषित हुँदै पुरस्कारका हकदार बनेका हुन ।

यस अघि पनि नेपाली सेनाका अधिकृतहरुले सर्वोत्कृष्ट स्थान हासिल गर्न प्रयास गर्दै आएता पनि उत्कृष्ट पुरस्कार हात पर्न सकेका थिएनन्। थापा नेपाली सेनाका तर्फबाट यस्तो प्रतिष्ठित अवार्ड पाउने पहिलो अधिकृत बनेका मात्र छैनन कि, बेलायती सेनाको संसार प्रसिद्ध शाही सैनिक महाविद्यालयको सर्वोत्कृष्ट पुरस्कार पाउने थोरै नेपालीमा पर्न सफल भएका छन, थापा ।हरेक बर्ष नेपाली सेनाले आफ्नो सैनिक महाविद्यालय खरिपाटीमा अधिकृत क्याडेट तालिममा प्रथम हुने अधिकृतलाई सेकेण्ड लप्टनको फुली लगाइदिएपछि बेलायतको स्याण्डहस्र्टमा थप सैनिक कोर्स लागि पठाउने गर्दछ।

यो कोर्समा नेपाली सेनाले स्वर्ड जितेको यो पहिलो हो। स्वर्ड त्यस्ता अधिकृतहरुले मात्र जित्छन् जसले सो महाविद्यालयमा त्यो बर्षको कोर्समा सर्बप्रथम बन्न सफल हुन्छन्। यो एकबर्ष अवधीको कोर्स हो ।नेपाली सेनाका तर्फबाट सन् १९९० को दशकमा पूर्वरथी कुलबहादु खड्काका छोरा प्रवीण खड्का, सुधीर महरा र पूर्वसेनापति सत्चितसमशेर जबराका छोरा सदयसमशेर जबराले केन (सैनिक केन लठ्ठी) जित्न सफल भएका थिए। उत्कृष्ट हुनेहरुलाई सैनिक केन लठ्ठी प्रदान गरिन्छ भने स्वर्ड सर्वोत्कृष्ट हुने अधिकृतलाई प्रदान गरिन्छ । धादिङ जन्मघर भएका थापा दुईबर्षअघि मात्र सैनिक सेवामा प्रवेश गरेका थिए।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *