बाबुको उपचार गर्न विद्यालय छाडी मजदुरी

२०७५ आश्विन १८, बिहीबार ०५:५६ गते २०७५ आश्विन १८, बिहीबार ०५:५६ गते २०७५ आश्विन १८, बिहीबार ०५:५६ गते

बाबुको उपचार गर्न विद्यालय छाडी मजदुरीबाबुको उपचारका लागि रकम जम्मा गर्न आफू अध्ययन गर्ने विद्यालयमा मजदुरी काम गर्दै कक्षा ४ मा अध्ययनरत बिनु र कक्षा १ अध्ययन गर्ने भाइ महेश चदारा , बाबु रन चदारा।

गमगढी : जिल्लाको खत्याड गाउँपालिका–१० ह्याङ्लु गाउँका ८ वर्षीय बिनु र ६ वर्षीय महेश चदारा बाबुको उपचारका लागि विद्यालय जान छाडेर दैनिक मजदुरीमा जाने गरेका छन्। उनीहरूका बाबु ३६ वर्षीय रन चदारा ३ वर्षदेखि बिरामी भई हिँडडुल गर्न नसकेपछि उनको उपचार खर्चका लागि आफू अध्ययनरत विद्यालय भवन निर्माण गर्न जाने गरेका हुन्।

बाबुको उपचारका लागि गाउँमा रहेको सहकारी र गाउँलेले १० हजार रुपैयाँ चन्दा उठाएर छिमेकीले जुम्ला अस्पतालसम्म चेक गराउन लगे पनि उपचार हुन नसकेको उनीहरूले बताए। उपचारमा संलग्न चिकित्सकले उनको उपचार सुविधासम्पन्न अस्पतालमा मात्र सम्भव हुने बताएपछि आर्थिक अभावले अन्यत्र उपचार गर्न सकेका छैनन्।

बाबुको उपचारका लागि रकम जम्मा गर्न पढाइ छाडेर उनीहरू सोही विद्यालय भवन निर्माणमा जुटेको बाजे नाता पर्ने मोहनलाल चदाराले जानकारी दिए। आमा अबु चदारा गाउँलेको काम गरेर चार जनाको परिवारलाई बिहान–बेलुकाको छाक टार्ने गर्छिन्। बस्ने घरबाहेक उनीहरूको अरू केही सम्पत्ति नभएको उनले बताए। गाउँनजिकैको महादेव मावि कक्षा ४ मा अध्ययन गर्ने जेठो बिनु र कक्षा १ मा अध्ययन गर्ने कान्छो छोरा महेश चदारा पढाइ छाडेर विद्यालय भवन निर्माणमा मजदुरी गर्न जाने गरेको स्थानीयले बताए।
annapurna post

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed