ज्येष्ठ नागरिकका लागि छुट्याइएको बजेटमा जनप्रतिनिधिको भ्रमण

२०७७ फाल्गुन १८, मंगलवार १२:०५ गते २०७७ फाल्गुन १८, मंगलवार १२:०५ गते २०७७ फाल्गुन १८, मंगलवार १२:०५ गते

विराटनगर , फागुन १८ : मोरङको कटहरी गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी ज्येष्ठ नागरिकका लागि छुट्याइएको बजेट दुरुपयोग गर्दै आइतबार भ्रमणमा निस्किएका छन्। गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतले भ्रमण टोलीको नेतृत्व गरेका छन्।गाउँपालिकाले प्रकाशन गरेको योजना पुस्तिकाको पृष्ठ नम्बर १५४ मा सामाजिक विकास कार्यक्रमअन्तर्गत ज्येष्ठ नागरिक अवलोकन भ्रमण शीर्षकमा ६ लाख रुपैयाँ विनियोजन गरिएको छ। सोही शीर्षकको बजेटबाट कर्मचारी र जनप्रतिनिधि प्रदेश २ र बागमती प्रदेशका स्थानीय तहको पाँचदिने घुमफिरमा निस्किएका हुन्।

उक्त टोलीमा गाउँपालिका अध्यक्ष रामकुमार कामत, प्रमुख प्रशासकीय अधिकृत रामसुन्दर थापा, वडाध्यक्षहरू कपुरलाल माझी, जग्गुलाल कामतसहित लेखा शाखाका कर्मचारी, प्राविधिक सहभागी छन्।गाउँपालिका उपाध्यक्ष मन्जिताकुमारी सरदारले यो भ्रमणको विरोध आफूले गरेको बताइन्। ‘गर्नु नहुने काम गरिरहेका छन्’, उपाध्यक्ष सरदारले भनिन्, ‘पहिले मैले सचेत गराउँदा मानेनन्।’ यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा रविन भट्टराईले लेखेका छन्|

 

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *