खाना पारखीको लागि उत्कृष्ट गन्तव्य बन्दै खाँडादेवी फूडल्याण्ड

२०७७ चैत्र ३, मंगलवार १०:१६ गते २०७७ चैत्र ३, मंगलवार १०:१६ गते २०७७ चैत्र ३, मंगलवार १०:१६ गते

काठमाडौ। राजधानीको कलंकीमा रहेको खाँडादेवी फूडल्याण्ड टर्कि पारखीहरुको लागि उत्कृष्ट गन्तब्य बनेको छ ।टर्कीका अनेक परिकारहरु पस्किएसँगै खाँडादेवी फूडल्याण्ड धेरैको रोजाईमा पर्न सफल भएको हो । टर्कीको मासुमा चिल्लो पदार्थको मात्रा कम हुने हुँदा उच्च रक्तचाप,मधुमेह,यूरिक एसिड भएका मानिसलाई बढी फाइदा हुने गर्दछ ।फूडल्याण्ड टर्कीका सेकुवा,विभिन्न थरीका मम,तास,रोस्ट, बगर,खाजा सेट,थाली खाना,पोलेको ,वोइल,साधैको सुप,चाउमिन लगाएत नेपाली,चाइनिज,कन्टिनेन्टल तथा पाहुनाको चाहना अर्डर अनुसारको मासुको उत्कृष्ट परिकार साथै हाईजेनिक खाना तथा गुणस्तरीय सेवा सुबिधाले सु-सम्पन्न “खाँडादेवी फूडल्याण्डमा”स्वदेशी तथा विदेशी खानाका पारखीहरुलाई ध्यानमा राखेर पूर्ण पारिवारिक वातावरणमा सञ्चालनमा ल्याईएको छ।

हामीले ग्राहकहरुको चहाना बमोजिम खानाहरुलाई थप गुणस्तरीय बनाउने र नयाँ नयाँ नेपाली स्वादहरु विकास गर्ने उद्धेश्य समेत रहेको २० बर्ष देखी नेपाल लगाएत विभिन्न देशमा खाना तथा आतिथ्य क्षेत्रमा अनवरत रुपमा योगदान गरिरहेका एजुकेटिभ सेफ गोपि थापाले बताउनु भयो ।मनोरम शान्त बाताबरण,गार्डेन,फेमिलीको लागि बस्ने छुट्टा छुट्टै रुम,यथेष्ट पार्कीङको समेत ब्यबस्था भएको यस“खाँडादेवी फूडल्याण्डमा “बार”सहित पारिवारिक तथा रमाइलो बाताबरणमा सेवा सुबिधा लिन सकिन्छ । खाँडादेवी फुडल्याण्डमा कुनै पनि किसिमको पार्टी,गीति एल्बम बिमोचन,लोकार्पण,चलचित्रहरु शुभ मुहर्त,पत्रकार सम्मेलन बिबाह,बर्थडे,गुन्यु चोली र अन्य शुभकार्य गर्न सकिन्छ ।पृथक रहेको व्यवस्थापन पूर्ण पारिवारिक वातावरणमा ग्राहकहरुलाई विहानको ब्रेकफष्टदेखि रातीको डिनरसम्मको गुणस्तरीय सेवा पस्कने गरी प्रबन्ध मिलाइएको संचालक रमेश केसीले जानकारी दिए। खाँडादेवी फूडल्याण्डमा प्रत्यक्ष रुपमा १७जनाले रोजगारीको समेत अवसर पाएका छन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *