मर्सील्याण्ड नेपालको आयोजनामा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

२०७७ चैत्र १४, शनिबार ०९:४८ गते २०७७ चैत्र १४, शनिबार ०९:४८ गते २०७७ चैत्र १४, शनिबार ०९:४८ गते

सिन्धुपाल्चोक– मेलम्ची १३ मा रहेको चण्डेश्वरी आधारभूत बिधालयका ५० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ।मर्सील्याण्ड नेपालको आयोजनामा काठमाडौ स्थायी घर भई हाल क्यानडाको बासिन्दा रहनुभएका सहयोगी मनका धनी समाजसेवी प्रदीप नेपालको बिशेश सहयोगमा गरिब विपन्न विद्यार्थीको शैक्षिक उन्नतीका लागि आवश्यक स्कुल झोला,कापि,कलम र पेन्सिल सहितकाे शैक्षिक सामाग्री वितरण गरिएकाे हो।

शैक्षिक सामग्री वितरण कार्यक्रममा बोल्दै संस्था का अध्यक्ष शिवलोचन पराजुलीले आर्थिक समस्याका कारण पठनपाठनमा समस्या भएका विद्यार्थीहरुलाई आर्थिक अभावकै कारणले पठनपाठन छोडने वाध्यता नहोस भन्ने उदेश्यले सहयोग गरेकोमा सहयोगी मनका धनी नेपाल लाई धन्यवाद सहित आभार आभार प्रकट गरेका छन।अहिले हाम्रो यो पहिलो कार्यक्रम हो,आगामि दिनमा बालबालिकालाई विभिन्न सहयोग निरन्तर रुपमा गर्ने समेत पराजुलीले प्रतिवद्दता जाहेर गरे।

शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै संचालन समितिका अध्यक्ष भिम बहादुर तामाङले भने यो स्कुल भनेको दलित,जनजातिका बालबालिका अध्यान गर्ने भएकाले विद्यार्थीहरुको सानो सानो सहयोगले विद्यालयमा विद्यार्थीलाई टिकाउन र उनिहरुलाई हौसला प्रदान गर्न महत्त्वपूर्ण रहेको बताए ।विद्यालयका प्रध्यानध्यापक बद्री प्रसाद ढुगानाले बालबालिकालाई शिक्षा प्रति आर्कषण गर्नका निम्ति यस्ता खालक सहयोगले टेवा पुग्ने बताए ।कार्यक्रममा मर्सील्याण्ड नेपालका उपाध्यक्ष पवन लाल श्रेष्ठ सचिव नवराज आचार्य कोषाध्यक्ष ज्ञान बहादुर तितुङ सदस्य एशोदा थापा गिरी र राम तितुङ लगाएको उल्लेखनीय उपस्थित थियोे ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *