नेपाली इतिहासमा पहिलो पटक नेपाली व्रन्च फेष्ट सम्पन्न

२०७७ चैत्र १४, शनिबार १९:०९ गते २०७७ चैत्र १४, शनिबार १९:०९ गते २०७७ चैत्र १४, शनिबार १९:०९ गते

काठमाडौं । नेपाली खानाको महत्व बढाउने उदेश्यले नेपाली व्रन्च फेष्ट नेपाली इतिहासमा पहिलोपटक सम्पन्न भएको छ। ग्यास्ट्रोामि टुरिजम एशोसियसन अफ नेपाल र हानकुक सारुङ्ग कोरियन रेष्टुरेन्ट,ठमेलको संयुक्त आयोजना सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथि नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजालले नेपाली भोजन पर्यटनको विकास पहिचान,खोजि,अनुसन्धान,प्रर्वद्धन गर्नु पर्ने आवश्यकता बारेमा जोड दिनु भयो ।बिशिस्ट अतिथि ठमेल पर्यटन विकास परिषद्का सल्लाहकार रामशरण थपलियाले नेपालको पर्यटनमा नविन विधालाई परिचित गराउने उद्देश्यका साथै ठमेलका मुख्य रेस्टुरेन्ट लगाएत सबै खाले होटलमा नेपाली खानाको मेनुलाई प्राथमिकता पाउन पर्ने धारणा राखनु भयो ।

बिशेश अतिथि कर्पोरेट मिडिया ग्रुपका अध्यक्ष उज्जवल जंग शाहले नेपाली खानालाई नयाँ उचाइमा पु¥याउन मिडियाले महत्त्वपूर्ण भुमिका खेल्नु पर्ने बताउनु भयो । नेपाली खानामा पनि परम्परागत दाल भातको मेनुबाट माथि उठ्न र परम्परागत र जातिय र क्षेत्रीय खानालाई एउटा समष्टिगत रुपमा पस्कदै जाने क्रममा नेपाली पनि व्रनच मेनुको विकाश गरी नँया पन दिलाउने उद्देश्य व्रन्च नेपाली व्रेकफाष्ट आयोजना गरिएको कार्यक्रम संयोजक सुरेश चन्द्र बस्नेत ले बताउनु भयो ।कार्यक्रममा सेफ एसोसिएसन नेपालका पुर्ब अध्यक्ष रत्न बहादुर थापा रैथाने एग्री प्रोडक्टस् नेपालका अध्यक्ष तिलक बहादुर ढकाल,हानकुक सारुङ्ग कोरियन रेष्टुरेन्टका संचालन चिजमान गुरूङ इनफ्लाइट सेफ वेद अधिकारी,लगाएत ले भोजन पर्यटनको विकास गर्न सबै एक भएर लाग्नुपर्नेमा ऐक्यबद्धता जनाएका छन् । व्रन्च फेष्टस्थलभित्र खाना पारखीहरूको उल्लेख्य उपस्थिति साथै स्थानीय उत्पादन,आयातीत वस्तुका बिभिन्न स्टलसहित रहेको थियोे ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *