निषेधाज्ञाअघि घर जानका लागि दुई दिनको समय : सिडिओ पराजुली

२०७८ बैशाख १३, सोमबार १६:१५ गते २०७८ बैशाख १३, सोमबार १६:१५ गते २०७८ बैशाख १३, सोमबार १६:१५ गते

(निषेधाज्ञा) गर्नुपूर्व नागरिकलाई आफ्नो घर जानका लागि दुई दिनको समय दिने काठमाडौं जिल्ला प्रशासनले जनाएको छ ।

सोमबार सञ्चारकर्मीसँगको कुराकानीमा काठमाडौं बाहिर जानेहरूलाई कम्तीमा दुई दिनको समय दिइने काठमाडौं जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी (सिडिओ) कालीप्रसाद पराजुलीले बताए ।

उनले भने, ‘एक हप्ता केही क्षेत्रलाई बन्द गराउने हो कि भनेर हामीले प्रस्ताव गरेका छौं । आम नागरिकलाई पनि असुविधा नहोस् भनेर एक दुई दिन चाहिँ हामीले समय दिने सोचेका छौँ । बन्दको स्थिति भएमा घर फर्किन पनि समय मिलोस् भन्ने हिसाबले हामी एक दुई दिन टाइम दिनुपर्छ भन्ने मानसिकतामा छौं ।’

उपत्यकामा पछिल्लो समय कोभिड संक्रमणको स्थिति भयवह देखिएकाले कम्तिमा एक साता निषेधाज्ञा (लकडाउन) गर्नेगरी माथिल्लो निकायमा सिफारिस गरिएको पनि उनले बताएका छन् । उनका अनुसार कुनै एक क्षेत्रलाई मात्र बन्द गर्दा संक्रमणको अवस्थालाई ब्रेक गर्न सकिँदैन ।

साथै, यसअघि पटक पटक स्वास्थ्य मापदण्ड अपनाउन सर्वसाधारणलाई अपिल गरिए पनि मापदण्ड पूर्ण रुपमा पालना नभएको उनले बताएका छन् । यसकारण संक्रमणको स्थिति गम्भिर बनेको उनले बताए ।

यसकारण थप भयावह स्थिति आउन नदिनको लागि निषेधाज्ञा आवश्यक रहेको उनले बताए । उनका अनुसार बेलुकी साँझसम्म लकडाउनबारे पूर्ण जानकारी गराइनेछ
आज साँझ बस्ने मन्त्रिपरिषद्को बैठकले लकडाउन (निषेधाज्ञा) बारे जानकारी गराउने जनाइएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *