पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफ्नो उपचारमा सहभागी डाक्टर, नर्स लगायतका स्वास्थ्यकर्मीलाई धन्यवाद दिएका छन् । आफ्नो उपचारमा खटिएका ५१ जनाको नाम सामाजिक सञ्जालबाट सार्वजनिक गर्दै उनले धन्यवाद दिएका हुन् । पेटमा समस्या आएपछि गत वैशाख १७ गते शल्यक्रियाका लागि उनी वीर अस्पतालमा भर्ना भएका थिए ।
उनले रोगको निदान, शल्यक्रिया र उपचारसम्म निरन्तर खटेर सहयोग गरेकोमा डा. ज्ञानेन्द्र शाह सहित ५१ जनालाई धन्यवाद दिएका छन् । प्रा.डा सुबोध कुमार अधिकारीको नेतृत्वमा डा. जैनेन्द्र चौधरी, डा. शरद पोखरेल, डा. इन्द्र कुमार झा, डा. श्रीधर अर्याल, डा.निरोज बनेपालीको टोलीले शल्यक्रिया गरेको थियो ।
एनेस्थेसिया टिममा प्रा.डा. शान्ता सापकोटा, डा.लुना शर्मा, डा. सुवास रेग्मी, डा.रबिराम श्रेष्ठ, डा.रितु प्रधान थिए । भट्टराईको न्यूरो–इन्डोक्राइन ट्युमरको शल्यक्रिया गरिएको हो ।
देशको जेठो अस्पताल वीर अस्पतालमा वैशाख १७ गते मेरो पेटको NIT को शल्यक्रिया सफलतापूर्वक सम्पन्न गर्न र त्यस अघि र पछिको…
Views: 0