अनुसन्धानले भन्छ: सेनिताइजरले क्यान्सर हुन सक्छ ।

२०७८ बैशाख २२, बुधबार १६:५० गते २०७८ बैशाख २२, बुधबार १६:५० गते २०७८ बैशाख २२, बुधबार १६:५० गते

कोरोनाको कारण गत वर्षदेखि संसारमा स्यानिटाइजरको प्रयोग युद्धस्तरमा बढेको छ । तर, अमेरिका भएको एक शोधमा भने स्यानिटाइजरमा प्रयोग हुने बेन्जीन नामक एक प्रकारको रसायनलाई क्यान्सरको कारक मानिएको छ । वेलिजर नामक अमेरिकी अनलाइन फार्मेसी कम्पनीले यस्तो दाबीसमेत गरेको छ । यो कम्पनीले मेडिकलसँग सम्बन्धित विभिन्न उत्पादन बारे जाँच गर्ने गर्छ ।

वेलिजरले यस प्रयोगमा १६८ ब्राण्डको २६० बोतलमध्ये २१ बोतलमा बेन्जीनको मात्रा अत्यधिक पाएको थियो । कम्पनीले यी ब्राण्डको नामबारे पनि जानकारी दिएको छ ।

बेन्जीन अत्यधिक पाइएका सेनिटाइजर जेलका रुपमा थिए । यस शोधलाई यल युनिभर्सिटिको केमिकल एण्ड बायो फिजिकल इन्स्ट्रुमेण्ट सेन्टर तथा बोस्टन एनालिटिकल नामक एक निजी ल्याबले पनि सही ठहर्‍याएको छ ।

सेनिटाइजरमा बेन्जीनको मात्रा कसरी आयो भन्ने बारेमा थाहा नभएपनि यसलाई प्युरिफेकशनको दौरान प्रयोग गरिएको हुनुपर्छ ।
अमेरिकाको क्यान्सर सोसाइटिका अनुसार यसले ल्युकेमिया जस्तो ब्लड क्यान्सरको खतरा हुन्छ ।
साथै अमेरिका तथा चीनमा तयार गरिएका सेनिटाइजरमा भने बेन्जीनको मात्रा अत्यधिक पाइएको थियो ।

वेलिजरका अनुसार स्यानिटाइजर बनाउने प्रक्रियाको अन्तिम चरणमा बेन्जीन हटाउनु पर्ने हुन्छ । तर, केही कम्पनीले भने यस प्रक्रियालाई छोडेका छन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *