बलिवुड अभिनेत्री श्रीपदाको कोरोनाकै कारण ज्यान गयो

२०७८ बैशाख २३, बिहीबार २१:५७ गते २०७८ बैशाख २३, बिहीबार २१:५७ गते २०७८ बैशाख २३, बिहीबार २१:५७ गते

काठमाडौं, २३ बैशाख : बलिवुड अभिनेत्री श्रीपदाको कोरोना भाइरसको कारण निधन भएको छ । उनका जनरल सेक्रेटरी अमित बहले श्रीपदाको निधन पुष्टि गरेका छन् । श्रीपदाको निधनमा दक्षिण भारतीय एक्टर रवि किशनले समेत दुःख ब्यक्त गरेका छन् ।श्रीपदाले दक्षिण भारतीय र हिन्दी फिल्महरुमा निकै महत्वपूर्ण भूमिका निर्वाह गरेकी छिन् । उनले रविको साथ ‘हम तो हो गए नि तोहार’ मा काम गरेकी थिइन् । श्रीपदा श्रीप्रदाका नामबाट परिचित रहेकी थिइन् । श्रीपदाले १९७८ मा अभिनय करियर सुरु गरेकी थिइन् । उनले शोले और तुफान, आग और चिन्गारी, मेरी ललकार, शैतानी, पुराना पुरुष, धर्म संकट, बेवफा सनम र आजमाइश जस्ता फिल्ममा काम गरेकी छिन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *