जानिराखौ : हरेक शुक्रबारको दिन यसरी गर्नुहोस् देवी लक्ष्मीको पूजा मिल्नेछ शुभ लाभ ! ॐॐ
सबैको आआफ्नै धार्मिक आस्था हुन्छ । यो स्वभाविक हो । धर्मशास्त्र अनुसार प्रत्येक दिनको महत्व फरक छ । यही फरक महत्वलाई बुझ्न सके दैनिकी सहज बन्ने छ ।
आज शुक्रबार : हिन्दू धर्मावलम्बीहरुले आजको दिन शुक्रका साथै सन्तोषी माता र वैभवलक्ष्मीको पूजाआराधना गर्दछन् । साथै यस दिनमा लक्ष्मी माताका अवतार अन्नपूर्णेश्वरी माता र दुर्गा भवानीको पनि पूजा गरिन्छ । माता लक्ष्मीको व्रत बसी विधिवत रुपमा पूजा आराधना गर्नुपर्ने मान्यता रहेको छ ।
जसले जीवनभर तपाईंको आर्थिक पक्ष बलियो बनाउन सहयोग पुर्याउँछ । यो दिन व्रत लिने व्यक्तिले फलाहारका रुपमा चना र सख्खर प्रयोग गर्नु उत्तम हुनेछ । व्रतमा अमिलो खानु ठूलो त्रुटी हुनेछ । साथै यस दिनमा लक्ष्मी माताका अवतार अन्नपूर्णेश्वरी माता र दुर्गा भवानीको पनि पूजा गरिन्छ ।
धार्मिक रुपमा शुक्रबार तीन किसिमको व्रत तथा पूजा गरिन्छ । यीनीहरुको व्रत विधि भने अलग-अलग हुन्छन् । यो दिन सेतो कपडा लगाउनु पर्छ । शुक्रबार घरमा खीर बनाएर गरिबलाई बाँड्नाले घरको भण्डार भरिने विश्वास छ । शुक्रबारको दिन सन्तोषी माताको व्रत बस्ने पुरुष तथा स्त्रीले सुख-शान्ति तथा मनोकांक्षा पूरा हुनेछ ।
शुक्र ग्रहले पीडित हुँदा शान्तिका लागि सेतो रंगको घोडा दान गर्नुपर्दछ । रंगीन वस्त्र, रेशमी कपडा, घिऊ, सुगन्ध, चिनी, खाद्य तेल, चन्दन, कपुरको दानले शुक्र ग्रहको विपरित दशामा सुधार हुनेछ ।
शुक्रसँग सम्बन्धित रत्नको दानले पनि लाभ मिल्नेछ । शुक्र ग्रहसँग सम्बन्धित दशाले समस्याग्रस्त हुनुहुन्छ भने शुक्रबारको दिन व्रत बस्नु पर्दछ ।
यो पनि पढ्नुहोस् : हिन्दू धर्म अनुसार रुद्राक्षको महत्व ! तुरुन्तै पढेर एक एक सेयर गर्नुहोला !
हिन्दू धर्म अनुसार रुद्राक्षको ठुलो महत्व रहने गर्छ । भगवान शिवसँग प्रत्यक्ष सम्बन्ध राख्ने भएकाले पनि रुद्राक्षलाई ठुलो आस्था र बिश्वासको प्रतिक मान्ने गरिन्छ ।
रुद्राक्षको माला लगाएर हिंड्दा भगवान शिवको कृपा रहने भएकाले जस्तोसुकै संकटबाट पनि मुक्ति मिल्न सक्छ । यसैगरी रुद्रक्षको माला पहिरिएरमा आफ्नो शरिरमा देखिएका विभिन्न स्वास्थ्य समस्या लगाएत अन्य रोगहरु समेत कम हुँदै जाने बिश्वास रहेको छ ।
रुद्राक्षलाई यसमा हुने मुखको आधारमा बर्गिकरण गरिएको हुन्छ । रुद्राक्ष एक मुखे देखि १४ मुखे सम्म हुने गर्छ । आज हामी तपाईहरुलाई आ-आफ्नो रोग अनुसार कति मुखे रुद्राक्ष लगाउंदा उत्तम हुन्छ भन्ने कुरा बताउन जाँदै छौँ ।*एक मुखे रुद्राक्ष दुर्लभ हुने गर्छ जुन कमै मात्रामा भेट्न सकिन्छ । यसलाई रुद्राक्ष मध्यको प्रमुख अर्थात महत्वपूर्ण मान्ने गरिन्छ । एक मुखे रुद्राक्ष खरिद गर्दा नक्कली सक्कली पहिचान गर्न आवश्यक हुन्छ ।
प्रायःमान्छेहरुले एक मुखे रुद्राक्षको नाममा नक्कली रुद्राक्षबाट ठुलो रकम असुल्ने गरेका छन्। एक मुखे रुद्राक्षले मुख्यतय हृदय सम्बन्धि रोगहरु कम गर्नमा ठुलो भूमिका खेल्ने गर्छ । यो पहिरिएर हिंडदा, शरिरमा रक्त संचारको राम्रो प्रबाह गराउन मद्धत मिल्ने गर्छ ।
दुई मुखे रुदाक्षले पेट सम्बन्धि रोगसँग ठुलो सम्बन्ध राख्ने गर्छ । यसले कुनै पनि व्यक्तिको मानसिक तनाब हल गर्न मद्धत गर्दछ । *यदि कुनै बच्चालाई बारम्बार ज्वरो आईराख्छ भने उसलाई तिन मुखे रुद्राक्ष लगाउन सल्लाह दिने गरिन्छ । यस रुद्राक्षले ब्लड प्रेसर नियन्त्रण गर्न समेत ठुलो भुमिका खेल्ने गर्छ ।
किडनी सम्बन्धि रोगहरु हुने व्यक्तिले ४ मुखे रुद्राक्ष लगाउन जरुरि हुन्छ ।
पाँच मुखे रुद्राक्षले कलेजो सम्बन्धि रोगका साथै छाला सम्बन्धि रोगहरुको निवारणका लागि अहंम भूमिका खेल्ने गर्छ ।
घाँटी ,गर्दन ,किड्नी ,योनरोग ,युरिन इन्फेक्सन र आँखाको समस्यामा कमि ल्याउनका लागि ६ मुखे रुद्राक्षले महत्वपूर्ण भूमिका खेल्ने गर्छ ।
यदि तपाई मानसिक रोगले पिडित हुनुहुन्छ भने ७ मुखे रुद्राक्ष धारण गर्नुहोस् । यसले तपाईको यो समस्या हल गर्न मद्धत गर्नेछ ।
यदि तपाईको दिमागमा रातको समयमा डरलाग्दा चिजहरु खेल्ने गर्छ या निन्द्रा नलाग्ने समस्या छ भने ८ मुखे रुद्राक्ष धारण गर्नुहोस् ।
तपाईको शरिर अत्तिनै दुख्ने र पिडा हुने गरेको छ भने ९ मुखे रुद्राक्ष धारण गरि आफ्नो पिडा कम गर्नुहोस ।
१० मुखेले कुनै पनि व्यक्तिको मानसिक तनाब हल गर्न मद्धत गर्नुको साथै आफुले आँटेका काम पुरा हुनेछ ।
यदि कुनै गर्भवती महिलाको सधैजसो जिउ वा पेट दुख्ने समस्या भएमा ११ मुखे रुद्राक्ष धारण गर्न आवश्यक हुन्छ जसले दुखाई कम गर्न मद्धत गर्ने गर्छ ।
बाह्र मुखे रुद्राक्षले मुख्यतय हृदय सम्बन्धि रोगहरु कम गर्नमा ठुलो भूमिका खेल्ने गर्छ र अष्टमाका बिरामीहरुका लागि यो निकैनै फलदयी हुने गर्छ ।
मासपेशी सम्बन्धि बिरामीका लागि तेह्र मुखे रुद्राक्ष लगाउन सल्लाह दिने गरिएको छ ।
तनाब लिने र निराश देखिने व्यक्तिका लागि चौध मुखे रुद्राक्ष धारण गर्नु आवश्यक हुन्छ । यसले अनिन्द्राको समस्या सम्म हल गर्न मद्धत पुर्याउने गर्छ ।
Views: 0