भूलेर पनि नखानुहोस् दहीमा नुन राखेर, बन्न सक्छ विष

२०७८ असार २, बुधबार १३:०१ गते २०७८ असार २, बुधबार १३:०१ गते २०७८ असार २, बुधबार १३:०१ गते

दही खाँदा पाचन क्रिया बढ्नुका साथसाथै त्वचामा पनि चमकता आउने गर्दछ। दहीमा भरपुर मात्रामा क्यालसियम, प्रोटिन र भिटामिन पाइने गर्दछ। जस कारण पनि दही निकै फाइदाजनक मानिन्छ। तर खाने तरिकामा पनि फाइदा वा नोक्सान हुने गर्दछ।

केही मानिसको बानी हुने गर्दछ, दहीमा नुन, मसला वा चिनी मिलाएर खाने। तर कति सही छ दहीमा यी चीज मिसाएर खाने भन्ने बारे भने धेरैलाई थाहा नहुन सक्छ। दही एक प्रकारको आयुर्वेदिक औषधि हो। जो हाम्रो स्वास्थ्यका लागि निकै लाभदायिक हुने गर्दछ। तर हामीले दहीमा भूलेर पनि नुन मिसाएर खानु हुँदैन्। नत्र दही औषधिको साटो विष बन्न सक्छ।

किनकी दहीमा नुन मिसाउँदा क्याक्टेरिया मर्ने गर्दछन्, जसका कारण यो लाभदायिक हुँदैन्। क्याक्टेरिया मरेको दही खानु हानिकारण पनि मानिने गर्दछ। दिहीमा सधै मिठो चिज चिनी, मह, मिश्री राखेर खानु उत्तम मानिन्छ। अझ दहीमा मिश्री राखेर खानु अझ उत्तम मानिन्छ। यसले रोग प्रतिरोधात्मक क्षमता बढाउने गर्दछ।

दहीका फाइदा

–राति निद्रा नलाग्ने समस्या छ भने दैनिक खानाका साथ एक कचौरा दही सेवन गरौं ।–दहीको नियमित सेवन शरीरका लागि अमृत समान मानिन्छ । यसले रगतको कमि तथा कमजोरी हटाउँछ । दूधले जब दहीको रुप लिन्छ, यसको सुगर एसिडमा बदलिन्छ । यसबाट पाचनमा मद्दत मिल्छ । भोक कम लाग्ने व्यक्तिहरुलाई दहीले एकदम फाइदा गर्छ ।

–दहीको मोही वा लस्सी बनाएर पिउँदा पेटको गर्मी शान्त हुन्छ । पेटमा गडबडी हुँदा दहीमा विीरे नुन हालेर खाँदा पनि फाइदा हुन्छ ।–अमेरिकी आहार विशेषज्ञहरुका अनुसार दहीको नियमित सेवन गर्दा आन्द्राको रोग तथा पेट सम्वन्धी रोगहरुबाट छुट्कारा मिल्छ ।

–दहीमा मुटुको रोग, उच्च रक्तचाप, तथा गुदाको रोगहरुलाई बिसेक पार्ने गजबको क्षमता हुन्छ । यसले कोलस्ट्रोल बढ्नबाट रोक्छ र मुटुको धड्कनलाई ठीक राख्छ ।

–दहीमा क्याल्सियम अधिक मात्रामा पाइन्छ । यो हड्डीहरुको विकासमा सहायक हुन्छ । साथै, दाँत, ता नङलाई पनि बलियो बनाउँछ ।–पायल्स रोगबाट पिडित व्यक्तिहरुले दिउसो भोजनपछि एक गिलास मोही पिउँदा फाइदा मिल्छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *