काठमाडौ । रियालिटी शो ‘कमेडी च्याम्पियन’ को ट्रेलर सार्वजनिक भएसंगै प्रतिस्पर्धी भरतमणि पौडेलको वाहवाही सुरु भएको थियो । सो भिडियो युट्युवको ट्रेण्डिङमा छ । शनिबार राति पूर्वयुवराज पारस शाहको गेटअपमा देखिएका भरतमणीले बबाल गरेका छन् । पारसको गेटअपमा प्रस्तुत भएका उनले जज र दर्शकको भरपुर मन जितेर सिधै फाइनलमा पुगे । ।
उनले प्रस्तुतिका क्रममा पारसको जस्तै हाउभाउ र लबजमा आफ्नो व्यङ्ग पस्किए भने सो क्रममा दर्शक र तथा जजबाट तालीको वर्षा पाए । सो क्रममा उनले पारसको स्वाभाव र बानीबेहोराका साथै वर्तमान राजनीतिक परिस्थितिप्रति पनि व्यङ्ग्य पस्किन भ्याए ।
अन्तिम ४ को प्रतिस्पर्धामा उनको उत्कृष्ट प्रस्तुती भएको भन्दै सिधै फाइनलमा जजहरुले लगेका छन् । अब बाँकी रहेका तीन प्रतिस्पर्धीबाट दुई जना छनोट गरेर फिनाले हुनेछ । उसो त पौडेलको पारसको गेटअफको ट्रेलरकै निकै चर्चा भएको थियो । ताप्लेजुङका पौडेललाई कमेडी च्याम्पियनको दाबेदारको रुपमा हेरिँदै आएको छ । उनको प्रस्तुती सकिने वित्तिकी नेकपा एमालेका सचिव तथा ताप्लेजुङका नेता योगेश भट्टराईले समेत उनको प्रशंसा गरेका छन् ।
उनले सामाजिक सञ्जाल मार्फत भरतमणीको प्रशंसा गर्दै विजेताको दावेदार भनेका छन् । यस अघि पनि योगेशले भरतमणीलाई पुरस्कार दिने घोषणा गरेका थिए । आफ्ना क्षेत्रका कलाकारहरुको सम्मानका लागि योगेश लगायतका स्थानिय नेताहरुले आर्थिक सहायता कोष स्थापना गरेका छन् । त्यसै मार्फत भरतमणीलाई ७ लाख दिने घोषणा गरिएको हो । शनिबार प्रशारण भएको कमेडी च्याम्पियनको अन्तिम ४ को प्रतिस्पर्धामा पारसको गेटअपमा मञ्चको एक कुनामा बसिरहेका उनलाई कसैले भन्छ–ल जाउँ सरकार । उनको जवाफ हुन्छ–म किन जाने ? किन जाने ?
पारसको क्यारिकेचर गर्दै भरतमणिले यति भनेपछि दर्शकदिर्घाबाट सुरु हुन्छ, हुटिङ । त्यसपछि पारसले सन्तोष दाइ ९सन्तोष पन्त० ले बोलाएर आफू जान तयार रहेको बताउँछन् भने पन्तले ‘जाउँ’ भनेपछि म्युजिक बजाउन अनुरोध गर्छन् र सुरु हुन्छ पारस शैलीको डान्स– ‘रोल्पा बक्यिोस् कि मलाई रुकुम बक्यिोस्, ज्यानै चढाइ दिउँला सिरिफ हुकुम बक्सियोस्’ यो गीतमा पौडेलको पारसको हाउभाउवाला डान्सबाट माहोल थप तातिन्छ । अनि थप अघि बढ्छ उनको प्रस्तुति ।
प्रस्तुतिका क्रममा उनले जजहरुलाई जोडेर कमेडी पस्किए । त्यसपछि पारसले मोटरसाइकलमा सवार हुँदा हेलमेट नलाएको प्रति व्यङ्ग्य पस्कियो भने राजतन्त्र, कमल थापाको पार्टीदेखि लिएर वर्तमान राजनीतिक परिस्थितिका बारेमा उनको कटाक्ष केन्द्रीत रह्यो । नेताहरुमा रामकुमारी झाँक्री, डा बाबुराम भट्राई माथि ब्यग्य गरे भने, सन्तोष पन्तलाई पनि उनले छोडेनन् । त्यसपछि पत्रकार र पारसबीचको संवादका दृश्य रोचक थियो ।
Views: 0