मौषमी रुघाखोकी र ज्वरोका बिरामी बढे:चिकित्सक, हेर्नुहोस समाधान

२०७५ कार्तिक २५, आईतवार ०३:०७ गते २०७५ कार्तिक २५, आईतवार ०३:०७ गते २०७५ कार्तिक २५, आईतवार ०३:०७ गते

काठमाडौं । मौषम परिवर्तनसँगै राजधानीमा मौषमी रुघाखोकी र ज्वरोका बिरामी बढेका छन् । राजधानीको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कात्तिकको पहिलो सातातिर १० देखि १२ जनासम्म आउने गरेकोमा दोस्रो सातादेखि २५ देखि ३० जनासम्म मौषमी रुघाखोकी र ज्वरोका बिरामी आउने गरेको अस्पतालका चिकित्सकहरु बताउँछन् । सरुवा रोग अस्पतालका अनुसन्धान विभाग संयोजक डा. शेरबहादुर पुनले मौषम परिवर्तनसँगै रुघाखोकी ज्वरोका बिरामीहरु बढेको बताए । “चाडपर्वको समयमा मानिसको आवतजावत बढ्ने हुँदा मौसमी ज्वरो तथा रुघाखोकी अझ बढ्ने खतरा बढेको छ,” उनले भने, “अहिले देखिएको मौषमी रुघाखोकीको लक्षणहरु हेर्दा इन्फ्लुएन्जा भाइरस जस्तो देखिएकाले यसलाई सामान्य ठानेर हेलचेक्र्याइँ गर्नुहुँदैन ।” त्यसैगरी, ज्वरो तथा रुघाखोकी लागेको छ भन्ने भीडभाडमा नजाने, घरमै आराम गर्ने, न्यानो कपडा लगाउने, झोलीलो खानेकुरा खाने, चिसोमा नहिँड्ने गरेमा मौषमी रुघाखोकी र ज्वरो चाँडो निको हुने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका विशेषज्ञ डा. अनुप बास्तोला बताउँछन् ।“मौसमी ज्वरो तथा रुघाखोकीको समयमै उपचार नभएमा निमोनिया लगायत स्वासप्रस्वास सम्बन्धी रोगहरु देखापर्ने हँुदा बेलैमा होसियारी अपनाउनुपर्छ,” उनले भने, “अहिले देखिएको रुघाखोकीबाट विशेष गरी बालबालिका र दमका रोगीहरूलाई यसले बढी दुःख दिने भएकाले यस्ता उमेरका मानिसहरुले विशेष सतर्कता अपनाउनुपर्छ  ।” मौसमी रुघाखोकी र ज्वरोको बेलैमा उपचार नगर्दा युवाहरूमा पनि किटाणुजन्य संक्रमण जोखिमसमेत बढ्ने खतरा बढेको छ । जसले गर्दा स्वास्थ्यमा दिर्घकालीन असर देखापर्नुका साथै बिरामीको मृत्युसमेत हुने खतरा हुने चिकित्कसह्रु बताउँछन् । सामान्य रुघाखोकी हो भन्ने र निजी फार्मेसी र मेडिकल, औषधी पसलबाट बिना चेकजाँच जथाभावी  औषधी किनेर नखान डा. पुनले सुझाव दिए ।

  • यसका लक्षणहरू
    घाँटी दुख्ने, ज्वरो आउने, आँखा दुख्ने, टाउको दुख्ने आदि
  • कसरी बच्ने 
    रुघाखोकी लागेका व्यक्तिबाट टाढा बस्ने ।
    हिँड्दा मास्कको प्रयोग गर्ने ।
    इफ्लुएन्जाको खोप लगाउने ।
    भीडभाड भएको स्थानमा नजाने ।
    धुलो–धुवाँबाट बच्ने ।
    धुमपान मद्यपान नगर्ने ।
    सार्वजनिक शौचालय तथा सवारीसाधन प्रयोग गरेपछि राम्रोसँग साबुन पानीले हात धुने ।
    हात धुनुअघि नाक, आँखा र मुख नछुने ।
    चिकित्सकको सल्लाहअनुसार औषधि सेवन गर्ने ।

-१२ खरी बाट

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *