रोटरी क्लब अफ ज्ञानेश्वरले प्रसुतीगृहका म​हिलाह​रु संग म​नायो प्रसुति वर्ल्ड ब्रेस्ट फिडिङ दिवस 

२०८१ श्रावण २४, बिहीबार १६:४४ गते २०८१ श्रावण २४, बिहीबार १६:४४ गते २०८१ श्रावण २४, बिहीबार १६:४४ गते

काठ​माण्डौ । रोटरी क्लब अफ  ज्ञानेश्वरले प्रसुतीगृहका म​हिलाह​रु संग प्रसुति वर्ल्ड ब्रेस्ट फिडिङ दिवस म​नाएको छ​ । क्ल​ब​ले  काठमाडौंको थापाथलीस्थित प्रसुतीगृहका महिलाहरुसंग य​स​ दिव​स​ मनाएको हो । दिवसका अव​स​र​मा प्रसुतीगृहका ४० जना महिलाहरुलाई झोला र मातृत्व सुरक्षा सम्वन्धी सामाग्रीहरु पनि वितरण गरिएको छ ।

प्रजनन स्वास्थ्य सम्वन्धी अधिकारबारे सचेतना जगाउँदै वर्ल्ड ब्रेस्ट फिडिङ दिवस मनाईएको रोटरी क्लव ज्ञानेश्वरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

रोटरी क्लवकी संस्थापक अध्यक्ष रसुमिला श्रेष्ठले मातृत्व सुधार सम्वन्धी सामाग्री सहयोग गर्नुभयो । वर्ल्ड ब्रेस्ट फिडिङ दिवस  प्रसुतीगृहका आमाहरुसंग मनाउन पाउँदा खुसी लागेको  अध्यक्ष  रोटेरियन निलम योञ्जनले बताउनुभयो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *