जाहाँ चिच्याएर वर मागिन्छ: सत्यवती बज्यै मन्दिर

२०७५ मंसिर ८, शनिबार ०५:०० गते २०७५ मंसिर ८, शनिबार ०५:०० गते २०७५ मंसिर ८, शनिबार ०५:०० गते

बुटवल : सिद्धार्थ राजमार्गको बुटवल-तानसेन खण्डको झुम्साबाट ठाडै उकालो घना जंगल। करिब सात किलोमिटर पैदल हिँडेपछि पुगिन्छ सत्यवती बज्यैको मन्दिर र ताल।

पाल्पा तिनाउ गाउँपालिका-४ मा पर्ने सत्यवती बज्यैको मन्दिरमा कात्तिके पूर्णिमामा मेला लाग्छ। मन्दिरका पूजारी सुनवीर गाहाका अनुसार यसवर्ष महाजोग परेको छ। महाजोग परेको बेलामा पूजाअर्चना गर्दै वर माग्नाले मनोकांक्षा पूरा हुन्छ भन्ने मान्यता छ। तर यहाँ अरु मन्दिरमा जस्तो मनमनै वर माग्ने हाेइन। मान्यताअनुसार यहाँ रहेको तालमा तीनपटक घुमेर बाँस वा केराको लिंगो गाडेर मन्दिरमा पूजा गरिसकेपछि पुनः लिंगो गाडेको ठाउँमा पुगेर चिच्याएर वर माग्नुपर्छ।

मन्दिर व्यवस्थापन समितिका सचिव लालबहादुर दर्लामीले भने , ‘सत्यवती बज्यै बहिरी हुनुहुन्छ। उहाँले सुन्ने गरी चिच्याएर वर माग्नुपर्छ भन्ने मान्यता छ।’ चार रोपनी जग्गामा फैलिएको सो ताल चुरे र सिमसार क्षेत्रमा पर्ने दुर्लभ ताल हो। तालको वरिपरि फूट ट्रेल बनाइएको छ। श्रद्धालु एवं पर्यटकलाई आराम गर्नका लागि सेडहरू निर्माण गरिएका छन्। मन्दिरको छेउमै तालनजिक बलि दिने स्थान तोकिएको छ।

विशेष गरेर नेपालका प्राय: जिल्ला र भारतबाट समेत यहाँ पूजाआजा गर्न भक्तजनहरूआइपुग्छन्। आफूले मागेको वर पूरा भएपछि भक्तजनले बोकाको बलि दिने गरेका छन्।    पर्यटक तान्न होम स्टे सामुदायिक वन समन्वय समिति, दोभानको पहलमा राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति, डिभिजन वन कार्यालय, पाल्पाको सहयोगमा पाँच घरबाट होम स्टेको सुरुवात तथा व्यवस्थापन थालिएको छ। पछिल्लो समय तिनाउ गाउँपालिकाले पनि साथ दिएको छ। ‘मन्दिर र तालको डिपिआर बनाएर अरु व्यवस्थित बनाउने योजना लिएका छौं,’ वडा नं. ४ का अध्यक्ष दानबहादुर गाहा मगरले भने, ‘सत्यवती बज्यैको मन्दिर, ताल र गाउँमा टेलिफोन र बिजुली पुगिसकेको छ।

अब सूचनाको गाउँ बनाएर पर्यटक ल्याउने हो।’ तिनाउ गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तीले पर्यटकीय स्थलको रुपमा विकास गर्नका लागि पर्चा, ब्रोसियरजस्ता सामग्री प्रकाशन गर्ने र भौतिक हिसावले पनि सुविधा सम्पन्न बनाउने योजना रहेको बताए। यसलाई उपयुक्त हिल स्टेशन बनाउन सकिने उनको भनाइ छ।

श्रोत-थाहा खबर

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *