जसले सरसफाई गर्दा भेट्टाए २० करोड ३४ लाखको चिट्ठा

२०७५ मंसिर ८, शनिबार ०५:०९ गते २०७५ मंसिर ८, शनिबार ०५:०९ गते २०७५ मंसिर ८, शनिबार ०५:०९ गते

अमेरिकाको लुजियानाका एक दम्पतीले सरसफाइको क्रममा १८ लाख अमेरिकी डलर बराबरको ज्याकपट (चिट्ठा) को विजयी टिकट भेट्टाएका छन् । थ्याङ्सगिभिङ्गका लागि सरसफाइ गर्ने क्रममा टिना एरनबर्गले चिट्ठाकाधेरै टिकटहरु फेला पारेकी थिइन्।उनले आफ्नो नाइटस्ट्याण्डमा टिकट भेट्टाएकी हुन् ।

फेला परेका टिकट मध्ये एउटाबाट उनी र उनका श्रीमानले १८ लाख अमेरिकी डलर (२० करोड ३४ लाख नेपाली रुपैयाँ) बराबरको चिट्ठा जितेका हुन् ।टिकट एक्सपायर हुनु भन्दा झण्डै दुई हप्ताअघि उनीहरुले भेट्टाएका हुन् । लक्की ड्र गएको जुन ६ मा भएको थियो र ६ महिना भित्र दाबी गरिनु पर्ने थियो ।

लुजियाना लट्री कर्पोरेशनसँग हारोल्ड एरनबर्गले बताएका छन्, ‘हामीले टिकटको नम्बर बारम्बार रुजु गरिरहेका थियौँ ।’ आफूहरु विजेता घोषित हुनुपूर्व नै केही नराम्रो भइहाल्ट की भन्ने डर पनि रहेको उनले बताए ।उनीहरुले राज्य तथा संघीय करपछि १३ लाख अमेरिकी डलर पाएका छन् । उनीहरुले अवकासपछिको जीवनका लागि यो रकम जोगाएर राख्ने योजना बनाएका छन् ।

-देशसंचारबाट साभार 

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *