जाडोमा हात फुट्यो ? यी ७ उपायले जोगाउँछ

२०७५ मंसिर ११, मंगलवार ०६:२९ गते २०७५ मंसिर ११, मंगलवार ०६:२९ गते २०७५ मंसिर ११, मंगलवार ०६:२९ गते
SONY DSC

जाडोमा हात् फुट्नु एक किसिमले सामान्य कुरा हो तर यसलाई वास्ता नगरी बसीओ भने यसैले नै ठुलो रोग निम्ताउन सक्छ। जाडो मा हात फुट्दा यी उपाए अपनाउदा हात जोगाउन सकिन्छ:

–    फुटेको हातलाई चाँडै सुन्दर बनाउँन नियमित मोश्चराइजर लगाउँनुपर्छ । यसबाट हातको सुख्खापन या फुटेको छाला चाँडै ठिक हुन्छ ।

–    हातमा रसायनयुक्त वस्तुको साटो प्राकृतिक उत्पादनको प्रयोग आवश्यक हुन्छ ।

–    राती सुत्नुअघि कुनै राम्रो गुणस्तरको मोश्चराइजर लगाउँनुस् । दिनमा कम्तीमा पनि चारपटक मोश्चराइज क्रिम प्रयोग गर्नुपर्छ ।

–    जाडो समयमा हात बारम्बार सुख्खा हुनु स्वभाविक हुन्छ । हातमा कम तैलीय ग्रन्थी भएका कारण यस्तो हुन्छ । कपडा र भाडा धुँदा हातको अवस्था झन् खराब हुन्छ । यस्तो स्थितिमा हातलाई नियमित रुपमा एक्सफोलियट र मोश्चराइजर गर्नुपर्छ । हातमा लगाउँन कतिपय प्याक घरमै पनि बनाउँन सकिन्छ ।

–    ग्लिसिरिन र गुलाबजलको मिश्रणलाई एउटा बोत्तलमा भरेर  फ्रिजमा राख्नुस् र कुनै पनि काम गर्नुअघि यो मिश्रणलाई हातमा लगाएर मसाज गर्नुस् । नियमित प्रयोग गर्ने हो भने तपाईंको हात पूरानै स्थितिमा फर्कनेछ ।

–    हात धुन मोश्चराइजयुक्त साबुन प्रयोग गर्नुस्, जसबाट हात सुख्खा हुन र फाट्न पाउँदैंन । साबुन किन्नुपूर्व त्यसमा ओलिभ आयल प्रयोग गरे नगरेको ख्याल गर्नुस् ।

–    दिनभरमा आठदेखि दश गिलास पानी पिउँनुस् । यसबाट छाला नरम हुनेछ र हात फुट्ने समस्या पनि रहनेछैन । बडीलोशन या कुनै पनि क्रिमले छालालाई नरम बनाँउनेछ । तर, धेरै पानी पिउनाले शरीरलाई भित्रैदेखि नरम बनाउँनेछ ।

-नेपाल्लाइभ

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *