७५ गाई भैँसीलाई सुत्केरी भत्ता

२०७५ पुष ६, शुक्रबार १३:०३ गते २०७५ पुष ६, शुक्रबार १३:०३ गते २०७५ पुष ६, शुक्रबार १३:०३ गते

जिल्लाको रत्ननगर नगरपालिकाले ७५ वटा गाई भैँसीलाई सुत्केरी भत्ता दिएको छ । साउन र भदौ महिनामा ब्याएका गाई–भैंसीलाई नगरपालिकाले बिहीबार सुत्केरी भत्ता दिएको हो ।

रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले यहाँ आयोजित कार्यक्रममा पशुपालक किसानलाई सुत्केरी भत्ता स्वरुप जनही रु ५०० वितरण गरे ।

सुत्केरी पशुलाई पौष्टिक आहार खुवाउन रत्ननगर नगरपालिकाले आर्थिक वर्ष ०७५–७६ को नीति तथा कार्यक्रममा रु २० लाख बजेट विनियोजन गरेको थियो । सुत्केरी भत्तास्वरुप वितरण गरिएको रकम पर्याप्त नभएकाले आगामी वर्ष त्यसलाई वृद्धि गरिने नगरप्रमुख वनले जानकारी दिँदै किसानलाई पशुपालनका लागि प्रोत्सहान र पशुको सम्मानका लागि भत्ता वितरण गरिएको उल्लेख गरे ।

नगरका वडा नं १, ४, ६, ७, ८ का ४१ र झुवानीका ३२ किसानले पालेका ३४ सुत्केरी पशुलाई भत्ता दिइएको नगरपालिकाका पशुपंछी शाखा प्रमुख शालिग्राम पौडेलले जनाकारी दिए ।

रत्ननगरमा वार्षिक छ हजार गाई–भैंसीमा कृत्रिम गर्भाधान हुने गरेकामा करीब दुई हजार गाई भैँसी ब्याउने गरेको उनको भनाइ थियो ।

-अनलाइन खबर

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *