काठमाण्डू। काठमाण्डूस्थित वीर अस्पतालमा अनशनरत २७ वर्षका मङ्गलसिंह प्रजा तत्कालीन माओवादी विद्रोहको नेतृत्वकर्ता तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सिधा प्रश्न गर्छन्।
उनी भन्छन्, ”तत्कालीन एमाले र नेपाली कांग्रेस पार्टीका सामान्य कार्यकर्ताले मात्र कैयौं कमाए होलान् तर हामी लडाकू थियौँ। हामीले एक रुपैया पाएनौँ। माओवादी भएकै कारणले मेरो विजोग भयो। हामीलाई प्रचण्डले चिन्नुहुन्न होला तर हामी चिन्छौं। त्यसैले हामीलाई भेट्नुहोस्, हाम्रा माग सुन्नुहोस्। म पनि जनयुद्धको एउटा सिपाही हुँ। मेरो दाइ पनि सिपाही हुनुहुन्थ्यो, वित्नुभयो तर कसैले केही पाएका छैनौँ।”
मकवानपुर घर भएका प्रजा तत्कालीन सेनासँग पटकपटक भिडन्तमा परे। उनको करङ्ग पनि भाँच्चिएको छ।
तर एकसाता बढी समयदेखि अनसन बस्दा पनि कसैले आफ्ना माग सम्बोधन गर्ने बारेमा नसोधेको उनको गुनासो छ।
माओवादी सशस्त्र द्वन्द्वका क्रममा अङ्गभङ्ग भएका तत्कालीन माओवादी लडाकूलाई अनशनस्थलबाट बुधवार पक्राउ गरि प्रहरीले वीर अस्पताल पुर्याएको छ।
उनीसहित अन्य पाँच पूर्व माओवादी लडाकू पनि अस्पतालमै अनशन बसिरेहका छन्।
तत्कालीन विद्रोहको नेतृत्व गरेका प्रचण्ड सत्ताको नेतृत्वमा पुग्दा समेत आफ्नो अवस्था भने दयनीय रहेको उनीहरुको भनाइ छ।
for more: bbc.com
Views: 0