काठमाडौं । बहुमूल्य धातु सुनको भाउ चार दिनदेखि स्थिर छ । करिब एक साताअघि दुई दिन बढेपछि यसको भाउ स्थिर छो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारदेखि आज मंगलबारसम्म छापावाल सुन तोलाको ५९ हजार ७ सय रुपैयाँमै कारोबार भइरहेको छ । गत बिहीबार ५९ हजार ५ सय तथा बुधबार र मंगलबार ५९ हजार ४ सयमा अडेको थियो ।
अघिल्लो साता सोमबारदेखि आइतबारसम्म छापावाल सुन तोलाको ५८ हजार ८ सयमा कारोबार भएको थियो भने सोमबार ४ सयले बढेर ५९ हजार २ सय रुपैयाँ पुगेको थियो । मंगलबार यसमा थप २ सयले वृद्धि भई तोलाको ५९ हजार ४ सय पुगेको थियो ।
गत मंसिर २५ मा तोलाको ६० हजार रुपैयाँ पुगेको सुनको भाउ त्यसअघि कात्तिक २० गते पनि तोलाको ६० हजार पुगेको थियो । त्यसयता यसको भाउ उतारचढावपूर्ण रहँदै आएको छ ।
त्यसैगरी पछिल्ला चार दिनदेखि तेजाबी सुनको भाउ पनि ५९ हजार ४ सय रुपैयाँमै कारोबार भइरहेको छ । गत बिहीबार ५९ हजार २ सयमा कारोबार भए पनि शुक्रबार २ सयले बढेर ५९ हजार ४ सय पुगेको थियो । त्यसअघि चारै दिनसम्म तोलाको ५८ हजार ५ सय रहेको थियो ।
चाँदी पनि चार दिनदेखि नै तोलाको ७ सय ४५ रुपैयाँ छ । गत बिहीबार तोलाको ७ सय ३५ मा कारोबार भएको थियो भने भोलिपल्ट शुक्रबार १० रुपैयाँ बढेर तोलाको ७ सय ४५ रुपैयाँ कायम भएको थियो । त्यसअघि पछिल्ला पाँच दिनसम्म तोलाको ७ सय २० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार ७ सय २५ र बिहीबार ७ सय ३५ रुपैयाँ थियो ।
महासंघका अनुसार पुस १७ (आज) सम्मको मूल्यसूची हेर्दा छापावाल सुनको भाउ पुस १० र ११ मा तोलाको ५९ हजार ४ सय, पुस १२ मा ५९ हजार ५ सय तथा पुस १३, १५, र १६ मा ५९ हजार ५९ हजार ७ सय रुपैयाँ थियो ।
Views: 0