जब विवाह मण्डपमै गोली चल्दा मण्डपमै ढलिन बेहुली

२०७५ माघ ४, शुक्रबार १५:२४ गते २०७५ माघ ४, शुक्रबार १५:२४ गते २०७५ माघ ४, शुक्रबार १५:२४ गते

काठमाडौं । भारतको दिल्लीमा विवाह चलिरहेका बेला गोली चलेको छ । सो घटनामा मण्डपमा रहेकी बेहुली घाइते भएकी छन् ।

गोली लागे लगत्तै अस्पताल लगेर उपचार गरि फेरि विवाह मण्डपमै ल्याएर वैवाहिक कार्यक्रम सम्पन्न गरिएको छ ।

शकरपुरको शिव मन्दिर धाम स्थित मडावलीमा रहने पूजा र गीता कालोनीका फूल कारोबारी भरतको विवाह थियो । जयमालाका क्रममा बेहुला बेहुली स्टेजमा पुग्ने बित्तिकै अचानक गोली चल्यो । खुट्टामा गोली लागेपछि बेहुली ढल्न पुगिन् ।

घटनापछि त्यहाँको माहोल गम्भीर बन्यो । परिवार र आफन्तजनहरुमा रुवावासी चल्यो । प्रहरीले यो घटनामा धेरै व्यक्तिलाई सोधपुछ गरेपनि अभियुक्त पक्राउ गर्न सकेको छैन ।

यसैबीच बेहुलीले हिम्मत देखाएर विवाह पूरा गर्ने बताएपछि उनलाई फेरि मण्डपमा ल्याइयो । उनले परिवार र डाक्टरलाई विवाहका लागि मन्दिर लैजान भनेकी थिइन् ।

सुरुमा अनुमति नदिएका डाक्टरहरुले पछिअनुमति दिएका थिए । त्यसपछि घाइते अवस्थामै उनको विवाह भएको छ । प्रहरीले गोली हर्ष फायरिंगका क्रममा चलेको अनुमान गरेको छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *