क्षेत्र नम्बर १ को दशौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

२०७४ फाल्गुन १९, शनिबार १७:१६ गते २०७४ फाल्गुन १९, शनिबार १७:१६ गते २०७४ फाल्गुन १९, शनिबार १७:१६ गते

ओमप्रकाश गुप्ता
देउखुरी १९ फागुन । प्रतिनिधि सभाका सदस्य मेटमणी चौधरीले समाजलाई स्वस्थ, निरोगी र नमुना बनाउने खेल क्षेत्रको महत्वपुर्ण योगदान रहने बताएका छन् ।
स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ सुर्य विनायक मावि नर्तीको आयोजना एवम् जिल्ला खेलकुद विकास समिति दाङको आर्थिक सहयोगमा दाङ निर्वाचन क्षेत्र नं. १ स्तरीय दशौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितालाई शनिवार सुर्य विनायक मावि नर्तीमा उद्घाटन गर्दै सो कुरा बताएका हुन् ।
प्रमुख अतिथि समेत रहेका प्रतिनिधि सभा सदस्य चौधरीले राज्य स्तरबाट आफुले गर्नु पर्ने सहयोगमा कुनै कमी कमजोरी नहुने बताएका छन् । दाङ खेलकुद क्षेत्रमा निकै अगाडी रहेकाले खेल क्षेत्रको विकास गर्न आवश्यक रहेको बताएका थिए । चौधरीले शारिरीक र स्वास्थ्य शिक्षालाई जोड दिदै विद्यालयमा तहमा यसको अनिवार्य पढाइ हुनुपर्ने बताएका थिए ।
त्यस्तै प्रदेश सभा सदस्य रेवतीरमण शर्माले खेल क्षेत्रको विकासका लागि खेलाडीको क्षमता अभिवृद्धि र भौतिक पूर्वाधारको विकासमा प्रदेश सरकारले ध्यान दिने प्रतिवद्धता ब्यक्त गरे । विशिष्ट अतिथि समेत रहेका शर्माले प्रदेश स्तरमा आफुले खेलकुद क्षेत्रमा गर्नु पर्ने सहयोग सदैव रहने बताएका थिए । खेलकुद संयोजक सिता चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभा सदस्य रेवतीरमण शर्मा, इन्द्रजित थारु, सरस्वती गौतम, लमही नगरपालिकाका मेयर कुलबहादुर केसी, नेकपा एमालेका सुरामणी बेल्वासे, नेकपा माओवादीकी नारायणी शर्मा, राजमोका पदम गोराथोकी, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष डिल्लीबहादुर डाँगी, लमही खानेपानीका अध्यक्ष ठाकुर भण्डारी, खेलकुद पत्रकार मञ्चका अध्यक्ष लक्ष्मण बस्नेत, सर्वोदय मावि सिसहनियाँका प्रअ गोविन्दबहादुर केसी लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । विद्यालयका प्रअ विष्णुप्रसाद पौडेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन शिक्षक हरि रिजाल कान्छु चौधरी र कमला पौडेलले गरेका थिए । निर्वाचन क्षेत्र नं. १ स्तरीय रनिङ शिल्ड प्रतियोगितामा सामुदायिक र निजी गरी २७ विद्यालय सहभागी छन् । १३ वटा एथ्लेटिक्स, १ वटा भलिवल र १ वटा कबड्डी खेलबाट उत्कृष्ट विद्यार्थी खेलाडीको छनौट गरिने छ । कार्यक्रममा विद्यार्थीहरुले मार्चपास पनि गरेका थिए ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *