काठमाडौं । आफ्ना पतिबिना बसेको ८ बर्ष भए पनि चलचित्र बिकास बोर्डकी अध्यक्ष निकिता पौडेलेको डिभोर्सको कागजी काम ९ महिनाअघि मात्र सकिएको बताएकी छन् ।
एउटा साप्ताहिकलाई दिएको अन्तरवार्तामा निकिताले चिनजान भएको नौ महिना पुरा भएको र बिहेको निर्णयमा पुगेको तीन महिना भएको बताएकी छन् । यता रवीले पनि पूर्व पत्नी इशालाई केही समय पहिले मात्र डिर्भोष दिएका थिए ।
निकिताले कोर्ट म्यारिज भइसकेका कारण १५ माघदेखि सँगै बस्ने तयारी भइसकेको बताएकी छन् ।एउटै अपार्टमेन्टमा रहेका बेला प्रेमलापमा परेका रविले तेस्रो तल्ला छाड्दै निकिता बस्ने छैठौं तल्लामा सर्ने निर्णय गरिसकेका छन् ।
रवि केयरिङ गर्ने मान्छे भएकाले बिहेका लागि तयार भएको बताएकी उनले परिवारको सल्लाहमा नै निर्णय गरिएको बताएकी छन् ।
Views: 0

