‘को बन्छ करोडपति’को अफिसियल प्रोमो सार्वजनिक, देखियो यस्तो रमाइलो दृश्य

२०७५ माघ १३, आईतवार १८:०१ गते २०७५ माघ १३, आईतवार १८:०१ गते २०७५ माघ १३, आईतवार १८:०१ गते

काठमाडौँ।  ब्रिटेनको चर्चित टेलिभिजन शो ‘हु वान्ट्स टु वि ए मिलेनियर’ को नेपाली संस्करण ‘को बन्छ करोडपति’ यही माघ १९ गतेबाट सुरु हुने भएको छ।

यही माघ १९ गते शनिबार साँझ ८ ३० बजे एपिवान टिभिबाट प्रसारण हुने कार्यक्रमको प्रोमो समेत सार्वजनिक भएको छ।

नेपालीपन झल्कने गरी शो प्रसारण गर्न लागिएकोे आयोजक संस्था एसआरबिएनले जनाएको छ।

भारतमा चार वटा भाषामा प्रसारण हुँदै आएको कार्यक्रम अन्य विभिन्न देशका टेलिभिजनले पनि प्रसारण गर्दै आएका छन्।

भारतमा कौन बनेगा करोडपति कार्यक्रम अमिताभ बच्चनले सञ्चालन गर्दै आएका छन्। नेपाली संस्करणको सञ्चालन भने महानायक राजेश हमालले गर्नेछन्।

यो कार्यक्रमको स्पोन्सरका रुपमा कोकाकोला, सिभिल बैंक, हिरो, इन्डिका हेयर कलर, बाल्ट्रा होम एप्लाइन्स, स्विट द्याट फिड्स, एजुकेसन पार्क, इन्चान्टेयर आदि रहेका छन्।

हेर्नुहोस प्रोमो:

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *