Or

पत्रकार महासंघ प्रदेश ५ को अध्यक्षमा दुर्गालाल केसि उम्मेद्वार बनेपछि प्रचार प्रसारमा जुटे

२०७४ चैत्र १२, सोमबार १४:५० गते २०७४ चैत्र १२, सोमबार १४:५० गते २०७४ चैत्र १२, सोमबार १४:५० गते

घोराही, चैत १२ ।

नेपाल पत्रकार महासघ दाङका सल्लाहकार तथा पुर्व कोषाध्यक्ष एंव प्रेस चौतारी नेपालका पुर्व जिल्ला अध्यक्ष दुर्गालाल केसि नेपाल पत्रकार महासंघको पाँच नम्बर प्रदेशको अध्यक्षमा उम्मेद्वार बनाएपछि केसिले प्रचार प्रसारलाई ब्यापक बनाउदै लैजानु भएको छ ।
प्रेस चौतारी दाङको शनिवार घोराहीमा सम्पन्न वैठकले सर्व सम्मत रुपमा प्रेस चौतारी दाङका सल्लाहकारसमेत रहनु भएका केसीलाई उम्मेदवार उठाउने निर्णय गरेको थियो ।

उम्मेद्वार बनाउने निर्णय गरेपछि केसिले आन्तरीक भेटघाट र छलफललाई निरन्तरता दिदै आउनु भएको छ । केसिले संगठनले उम्मेद्वार बनाएकोमा धन्यवाद दिदै सबैको सहयोग भएमा आफुले चुनाव जित्ने दावि गर्नु भयो । आफ्नो वारेमा सबैले प्रचार प्रसार जारी राखेको भन्दै केसिले सबैको सल्लाह, सुझाव र मागवाट नै आफु उम्मेद्वार भएको बताउनु भयो ।

चौतारीको बैठकले केसिलाई पत्रकार महासंघको प्रदेश ५को अध्यक्षमा सर्वसम्मतरुपमा उठाउने निर्णय गर्दै उहाँको प्रचार प्रसारलाई संस्थागतरुपमा ब्यापक बनाउने निर्णय गरेको थियो । केसि मिलनसार र सहयोगि मानिनुहुन्छ । केसि कान्तिपुर दैनिकका दाङ समाचारदाता हुनुहुन्छ ।

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed

Or