जीवनरक्षाकाे याचना गर्दै ७५ वर्षिया रिखादेवि

२०७४ चैत्र २१, बुधबार १४:३८ गते २०७४ चैत्र २१, बुधबार १४:३८ गते २०७४ चैत्र २१, बुधबार १४:३८ गते

ओमप्रकाश गुप्ता
देउखुरी २१ चैत । राप्ती गाउँपालिका वडा नम्बर २ लालमटिया निवासी ७५ वर्षीया रिखादेवी पन्थी तीन वर्ष देखि दम, मधुमेह, उच्च रक्तचाप रोगसंग लड्दै आईरहेकी छिन् ।

उनको रेखदेख र स्याहार सुसार गर्ने एक मात्र छोरी बसन्ती पन्थी बाहेक उनको साहरा कोही छैनन् । रिखादेवी पन्थी निकै गरिब र विपन्न भएकाले उपचार गर्न र एक छाक टार्न समेत मुस्किल परेको छ । तीन वर्ष अघि छोरी बसन्तीले काठमाडौंको एउटा चिनिया हाइड्रो पावर कम्पनीको कार्यालयमा परिचरको काम गर्दा आमा रिखादेवी एकाएक थालिएको खबर पाएर काठमाडांैमा उपचार गराएकी थिइन् ।

तर लामो समय सम्म उपचार गराउँदा निको नभए पछि र खर्च अभाव भएपछि र आफू लामो समयसम्म नोकरीमा अनुपस्थित भए पछि जागिरबाट समेत हात धुनु पर्ने बाध्यता आईलागेपछि आमालाई लिएर बसन्ती घर फर्किइन् । घरमा आए लगतै छोरी बसन्तीले आफन्त सँग केही पैसा सापट लिएर नेपालगञ्ज मेडिकल कलेजमा लगेर लामो समयसम्म उपचार गराइन् ।

तर अस्पतालमा खर्चको समस्या भई बिरामी अवस्थामै आमा रिखालाई लिएर घर फर्किइन् । राप्ती गाउपालिका कार्यालय मसुरीयामा गई गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदी समक्ष आमाको उपचारमा सहयो गपु¥याउन अनुरोध गर्दै निवेदन दिइन् । गाउँपालिकाका अध्यक्ष सुवेदीले उपचार सहयोग स्वरुप २ हजार रुपैयाँ दिएर घर फर्काइ दिए ।

उक्त रकमले राप्ती गाउँपालिका २ लालमटियामा रहेको भार्गव विकास बैंकमा गई आमा रिखादेवी पंन्थी बचाउ सहयोग खाता खोली दिएका छन् । उनको खाता नम्वर ०१०००७०००३८४३९०००००१ रहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *