किन हुन्छ यौनाङ्ग र निप्पलको रंग गाढा ? यस्तो छ रोचक कारण

२०७५ माघ २९, मंगलवार ११:४९ गते २०७५ माघ २९, मंगलवार ११:४९ गते २०७५ माघ २९, मंगलवार ११:४९ गते

मानिसको शरीरको रंग भाग अनुसार फरक देखिन्छ । के तपाईँले कहिल्यै यस सोच्नु भएको छ? मानिसको शरीरको अन्य भागको तुलतामा यौनाङ्ग र निप्पलको रंग गाढा हुनुमा बैज्ञानिक कारण नै छ । आउनुस तपाइलाइ यौ बारेमा हामी जानकारी दिन्छाै ।

विशेषज्ञहरुका अनुसार यो प्रकृया किशोरअवस्था देखि नै सुरु हुन्छ । जब यौन हार्मोन शरीरमा बन्न थाल्छ एक अमिनो एसिड बन्न थाल्छ । जसलाई मेलानिन पिगमेन्ट भनिन्छ । मेलानिन पिगमेन्ट भनेको त्यो हो जसले कपाल गाढा (कालो वा खैरो) बनाउने काम गर्छ । यसैको कारण पुरुषको लिंग र महिलाको योनी तथा स्तनको निप्पलको छाला शरीरको अरु भागको छाला भन्दा गाढा (कालो वा खैरो ) हुने गर्छ ।

यो एक प्राकृतिक प्रकृया हो । तैपनि यदि युवा अवस्थामा अझ बढी गाढा हुँदै गयो भने त्यो चाँहि मधुमेहको लक्षण पनि हुन सक्छ । त्यसकारण सतर्क रहन जरुरी पनि छ ।

कोलम्विया युनिभर्सिटी मेडिकल सेन्टरका डाक्टर लिन्डसे बोर्डोन भन्छन् , ‘शरीरमा चिनीको मात्रा बढी भयो भने पनि शरीरको कतिपय भाग गाढाँ कालो भएर आँउछ त्यसलै सतर्क रहनुहोस यो मधुमेह पनि हुनसक्छ ।

‘डा. बोर्डोन भन्छन् , ‘सानो छँदा केटा केटीका यौनाङ्ग तथा निप्पल फिक्का ( मधुरो) रङको हुन्छ भने जब उनिहरु किशोरअवस्थामा प्रवेश गर्छन सेक्स हार्मोनको बहाबका कारण ति भाग वा अंगहरुको रङ गाढा भएर आँउछ ।’

किशोरावस्थामा प्रवेश गर्दा पुरुषहरुमा टेस्टोस्टेरोन र महिलामा एस्ट्रोजेन नामक हार्मोनको उत्पादन तथा वहाब बढ्न थाल्छ । यी हार्मोनले नेलानोसाइट्स भनिने छालाको कोषलाई मेलानिन उत्पादन गर्ने सन्देश दिन्छन् ।

महिलामा भने यो प्रभाव किशोरी अवस्थामा नै देखिन्छ । जव महिला गर्भवति हुन्छिन् अथवा गर्भनिरोधक पिल्सको प्रयोग गर्छिन त्यो बेलामा नै महिलामा एस्ट्रोजेनको मात्रा बढी हुन्छ र उनको छाला तथा निप्पल तथा योनी गाढा रङको भएर आँउछ ।यसको अलावा खेलाडीहरु जसको यौनाङ्ग वरीपरि छालामा घर्षण भएको हुन्छ छालाले आफूलाई बचाउन बढी मेलानिन उत्पादन गर्ने हुदा ती भाग बढी गाँढा रङको हुन्छ ।

‘यो बाहेक यदि घाँटी काखी, तथा शरीरका अन्य भाग बढी गाढा ( कालो) हुँदै गरेको पाउनुभयो भने तुरुन्त जाँच गराउनुस किनकी यो मधुमेहको संकेत हुनसक्छ’ डा. बोर्डोन् बताउछन ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *