निर्मला पन्त हत्या प्रकरणः डिएनए परीक्षणका लागि भेजाइनल स्वाबनै विदेश पठाउने तयारी !

२०७५ माघ २९, मंगलवार १६:१५ गते २०७५ माघ २९, मंगलवार १६:१५ गते २०७५ माघ २९, मंगलवार १६:१५ गते

काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको भेजाइनल स्वाबमा भएको डिएनए परीक्षणका लागि विदेश पठाउने तयारी भएको छ ।

केही समयदेखि डिएनको वैधानिकतामै प्रश्न तेर्सिन थालेपछि नेपाल प्रहरीले जाँचका लागि निर्मलाको भेजाइनल स्वाबनै विदेश पठाउने तयारी गरेको हो ।

षयमा छलफल भइरहेको र राष्ट्रिय मानव अधिकार आयोगले पनि डिएनएको वैधानिकतामाथि प्रश्न पठाएको छ । अब यो कुराको केही दिनमै टुङ्गो लाग्ने पनि बताइएको छ । परीक्षणका लागि कुन देश पठाउने भन्ने विषयमा पनि टुङ्गो लागिसकेको छैन ।

अभियुक्त भनिएकाहरुले प्रहरीको बयानमा हत्या र बलात्कार स्वीकार गर्नु तर डिएनए नमिल्नुले निर्मला हत्या प्रकरण रहस्यमय बनिरहेको छ । बलात्कारपछि निर्मम हत्या भएको लामो समय भइसक्दा पनि वास्तविक दोषी पत्ता लाग्ना सकेको छैन ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *