सालको रुख काट्ने कडेल वन कार्यालयको नियन्त्रणमा

२०७५ जेष्ठ २३, बुधबार १४:०५ गते २०७५ जेष्ठ २३, बुधबार १४:०५ गते २०७५ जेष्ठ २३, बुधबार १४:०५ गते
ओमप्रकाश गुप्ता
भालुवाङ २३ जेठ । देउखुरीको राप्ती सामुदायिक वन उपभोक्ता समूह भालुवाङको वन क्षेत्र भित्रबाछबाट अबैध रुपमा सालका रुख काट्ने रेमबहादुर कँडेललाई जिल्ला वन कार्यालय दाङले आफ्नो नियन्त्रणमा लिएको छ । गत जेठ १८ गते दिउँसो सालको रुख कटान गर्दै गर्दा स्थानीयबासीले रुख सहित रुख कटान गर्ने राप्ती गाउँपालिका—१ शान्तिपुर चैते निवासी करिब ५५ बर्षीय रेमबहादुर कँडेललाइ सोही दिननै राप्ती सामुदायिक वन समूहलाई जिम्मा लगाएका थिए । सामुदायिक वनको नियन्त्रणमा रहेका कँडेललाई समूहले झण्डै हप्तापछि आवश्यक कानुनी कार्वाहीका लागि समूहले आज बुधबार जिल्ला वन कार्यालय दाङमा बुझाएको छ । ईलाका वन कार्यालय लमहीका सहायक वन अधिकृत कुलचन्द्र दवाडीको नेतृत्वमा आएको सशस्त्र वन सुरक्षाको टोलीलाई वन समूहले कँडेललाई कानुनी कार्वाहीका लागि जिम्मा लगाएपछि वन समूहले आफ्नो नियन्त्रणमा लिएको हो । हामीले रुख काट्ने कँडेललाई आवश्यक कानुनी कार्वाहीका लागि जिल्ला वन कार्यालय दाङमा बुझाएका छौं,राप्ती सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष गेमबहादुर खड्काले भने । यस संग अन्य संलग्न व्यक्तिहरुलाई पनि पत्ता लगााएर कार्वाही गर्न वन कार्यालयलाई आग्रह गरेका छौं अध्यक्ष खड्काले भने । रुख काट्न आदेश दिने वडा सदस्य पूर्णजंङ्ग रेश्मी, भवन निर्माण समितिका अध्यक्ष केशवराज पाण्डे र रुख काट्ने व्यक्ति कडेललाई कानुनी कार्वाहीको माग गर्दै शान्तिपुर चैतेबासीले सोमबार गाउँमा पत्रकार सम्मेलन गरेर घटना बाहिर ल्याएका थिए ।  देउखुरी टुडे साप्ताहिक सहित जिल्लाका विभिन्न सञ्चारमाध्यमहरुले उक्त रुख कटानको समाचार प्रकाशन प्रसारण गरेपछि घटना भएको ६ दिनपछि बल्ल वन समूह र वन कार्यालयले कार्वाही प्रक्रिया अगाडी बढाएका हुन् । हामीले रुख काट्ने व्यक्ति सहित कटान गरिएको रुख वन समूहलाई जिम्मा लगायौं तर वन समूहले सम्बन्धित व्यक्तिलाई कार्वाही गर्नुको साटो संरक्षण गर्ने प्रयास गर्यो त्यस पछि पत्रकार सम्मेलन मार्फत घटना सार्वजनिक गरेका थियौं शान्तिपुर चैतका स्थानीबासी नेत्र खनालले भने । ढिलै भए पनि कार्वाही प्रक्रिया सुरु भएको छ खनालले भने । हामीले रुख काट्ने व्यक्तिलाई मात्र नभई रुख काट्न आदेश दिने वडा सदस्य पूर्णजङ्ग रेश्मी र भवन निर्माण समितिका अध्यक्ष केशबराज पाण्डे सहित रुख कटानमा संलग्न सबै व्यक्ति पत्ता लगाएर कानुनी कार्वाही गरिनु पर्छ सोही ठाउँकै स्थानीबासी बिष्णुप्रसाद पोख्रेलले भने । कँडेललाई आवश्यक कानुनी कार्वाही र थप अनुसन्धानका लागि जिल्ला वन कार्यालय दाङमा राखिएको छ । अनुसन्धानबाट अन्य रुख काट्न लगाउने र आदेश दिने व्यक्ति पुष्ठि भएमा कसैलाई पनि नछोडिने र कानुन अनुसार नै कार्वाही गरिने जिल्ला वन कार्यालय दाङका वन अधिकृत जगदिशप्रसाद गुप्ताले जानकारी दिए । कँडेललाई वन ऐन अनुसार कार्वाहीका लागि जिल्ला अदालत दाङमा तत्काल मुदा दर्ता गरी कार्वाही प्रक्रिया अगाढी बढाउने वन अधिकृत गुप्ताले बताए ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *