मृत्यु हुनुभन्दा ठीक अगाडि हाम्रो दिमागले के सोच्छ जुन अरुबेला कहिलेकाहीँ सोचिन्छ ? जान्नुहोस अनौठो तथ्य।

२०७५ चैत्र ८, शुक्रबार १२:२० गते २०७५ चैत्र ८, शुक्रबार १२:२० गते २०७५ चैत्र ८, शुक्रबार १२:२० गते

काठमाडौं। अहिलेसम्म कुनै पनि व्यक्तिसँग यसको सटिक जवाफ छैन । वैज्ञानिकहरुसँग केही जानकारी अवश्य नै छ, तर यो प्रश्न ‘सेक्रेट’ नै बनेको छ ।यद्यपि हालै केही वैज्ञानिकले एक यस्तो अध्ययन गरेका छन्, जसबाट मृत्युको दिमागी विज्ञानका बारेमा रोचक जानकारी पत्ता लागेको छ । यो अध्ययन बर्लिनका चेरिट विश्वविद्यालय र ओहायोको सिनसिनाटी विश्वविद्यालयका वैज्ञानिकले जेन्स द्रेयरको अगुवाइमा गरेका हुन् ।यसका लागि वैज्ञानिहरुले केही बिरामीको दिमागका तन्तुमाथि गम्भीर रुपमा निगरानी गरे । यसका लागि उनीहरुले बिरामीका परिजन (आफन्तजन)बाट पूर्वानुमति लिएका थिए ।अध्ययनमा सामेल बिरामीहरु भीषण सडक दुर्घटनामा घाइते भएका तथा स्ट्रोक र कार्डियक अरेस्टको शिकार भएकाहरु थिए । वैज्ञानिकहरुले पत्ता लगाए कि मृत्युको समयमा जनावर र मानिसको दिमाग एकै तरिकाले काम गर्छ । साथै एक यस्तो समय पनि आउँछ जब दिमागी काम–काज आभास (महशुष)मा मात्रै परिणत हुन जान्छ ।यो अध्ययनको उद्देश्य मृत्युको अन्तिम क्षणमा पनि कुनै व्यक्तिलाई कसरी बचाउन सकिन्छ भन्ने विषयमा पनि केन्द्रित थियो । अध्ययनमा सहभागी वैज्ञानिकहरुको भनाइ छ कि शोध (अध्ययन)भन्दा पहिले ‘ब्रेन डेथ’को बारेमा जति पहिले जानकारी थियो त्यो भन्दा बढी जनावरमा गरिएको अध्ययनबाट पत्ता लाग्यो ।

अनुसन्धानमा संलग्न डाक्टरहरु भन्छन्,
मृत्युको बेला..
– शरीरमा रगतको प्रवाह रोकिन्छ । जसका कारण दिमागमा अक्सिजनको कमी हुन जान्छ ।
– सेरेब्रल इस्किमया नामको यस स्थितिमा जÞरूरी रासायनिक अवयवको कमी हुन जान्छ । जसका कारण दिमागमा ‘इलेक्ट्रिकल एक्टिभिटी’ पूर्ण रुपमा समाप्त हुन्छ ।
– यस्तो मानिन्छ कि दिमाग शान्त हुने यो प्रक्रिया यसकारण हुन्छ कि भोकाएका न्यूरोन आफ्नो उर्जा संरक्षित गर्छन् । तर ती न्यूरोनले गरेको उर्जा कुनै काम लाग्दैन किनकी मृत्यु नजिकै आइसकेको हुन्छ ।
– सबै आयन (प्रोटोन र इलेक्टोनको समान संख्या भएको अणु) दिमागी कोषबाट छुट्टिएर अलग हुन्छ । जसले गर्दा एडेनोसीन ट्राइफोस्फेटको आपूर्ति कमजोर पर्न जान्छ । यो यस्तो जटिल जैविक रसायन हो, जसले पूरा शरीरमा उर्जालाई सञ्चित गरेर राख्छ र उसलाई एक ठाउँबाट अर्को ठाउँमा सार्ने काम पनि गर्छ ।
– त्यसपछि टिश्यू (तन्तु)को रिकभरी असम्भव हुन जान्छ ।

तर वैज्ञानिकहरुको टीम मानिसको सम्बन्धमा यस प्रक्रियाबारे अरु गहिराइबाट जान्न चाहन्थ्यो । यसकारण उनीहरुले केही बिरामीहरुको न्यूरोलोजिकल गतिविधिको पनि निगरानी गरे । शोधकर्ताहरुलाई डाक्टरबाट निर्देशन दिइएको थियो कि यी बिरामीहरुलाई इलेक्ट्रोड स्ट्रिप्स आदिको प्रयोग गरेर बेहोसीबाट होसमा ल्याउने कोसिस नहोस् ।
वैज्ञानिकहरुले पत्ता लगाए कि ९ मध्ये ८ बिरामीको दिमागका कोषहरु मृत्युलाई टार्न (पछि धकेल्न) कोसिस गरिरहेका थिए । वैज्ञानिकहरुले पाए कि मुटुको धड्कन रोकिँदा पनि दिमागका कोषहरु र न्यूरोन काम गरिरहेका थिए ।
न्यूरोनको काम गर्ने प्रक्रिया यस्तो हुन्छ कि उनीहरु आवेशित आयनबाट आफूलाई भर्छन् र आफ्नो तथा आफ्नो वातावरणको बीचमा विद्युतीय असन्तुलन बनाउँछन् । यसबाट यी न्यूरोनले छोटो झट्का (शक) उत्पन्न गर्न सक्षम हुन्छन् । वैज्ञानिकहरुका अनुसार यस्तो विद्युतीय असन्तुलन बनाएर राख्नु एक लगातार हुने प्रयास हो । यसका लागि यी कोषहरु बगिरहेको रगतको प्रयोग गर्छन् । त्यस्तो रगतबाट ती कोषहरुले अक्सिजन र रसायनिक उर्जा प्राप्त गर्छन् ।
वैज्ञानिकहरुका अनुसार जब शरीर मर्छ र दिमागमा रगतको प्रवाह बन्द हुन जान्छ, तब अक्सिजनबाट बञ्चित न्युरोनले छोडिएका संसाधनलाई जम्मा गर्ने कोसिस गर्छन् । किनकी यो प्रक्रिया बिस्तारै भन्दा पनि पुरै मस्तिष्कमा एकैपटक फैलिन्छ । यसलाई ‘अनप्रिपेयर्ड डिप्रेसन’ भनिन्छ । यसपछिको स्थितिलाई ‘डिपोलोराइजेसन अफ डिफ्यूजन’ भनिन्छ ।
इलेक्ट्रोकेमिकलको ब्यालेन्सका कारण दिमागका कोषहरु नष्ट हुन पुग्छन् । जसले गर्दा केही मात्रामा थर्मल इनर्जी रिलिज हुन्छ । त्यसपछि मानिसको मृत्यु हुन्छ ।

तर अध्ययनको निष्कर्श छ कि मृत्यु आज जति अटल छ, भविष्यमा पनि यस्तै नरहन सक्छ ।
अध्ययनको नेतृत्वकर्ता वैज्ञानिक जेन्स द्रेयर भन्छन्, ‘एक्सपेन्सिभ डिपोलोराइजेसनका कारण कोषीय परिवर्त शुरु हुन्छ । त्यसपछि मृत्यु हुन्छ । तर यो आफैंमा मृत्युको क्षण भने हैन । किनकी डिपोलोराइजेशनलाई उर्जाको आपूर्ति बहाल गरेर पल्टाउन सकिन्छ ।’यद्यपि यसलाई प्रयोगमा ल्याउन अझै धेरै शोधको आवश्यकता रहेको द्रेयर बताउँछन् । द्रेयर भन्छन्, ‘मृत्युजस्तै यो दिमागी आयाम एक जटिल घटना हो । यससँग जोडिएका गम्भीर प्रश्नहरुको सहज जवाफ छैन ।’

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *