ट्रिप्पर दुर्घटनामा परि ज्यान गुमाउँने मजदुरहरुप्रति राप्ती गाउँपालिकाका अध्यक्ष सुवेदीद्धारा श्रद्धाञ्जली व्यक्त

२०७५ असार २३, शनिबार १६:५७ गते २०७५ असार २३, शनिबार १६:५७ गते २०७५ असार २३, शनिबार १६:५७ गते

ओमप्रकाश गुप्ता
देउखुरी २३ असार । राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले मुस्ताङमा ट्रिप्पर दुर्घटनामा परि ज्यान गुमाउने मजदुरहरुप्रति श्रद्धाञ्जली व्यक्तव्य गरेका छन् । अध्यक्ष सुवेदीले शनिबार एक श्रद्धाञ्जली व्यक्तव्य जारी गरि शुक्रवार मुस्ताङमा ट्रिप्पर दुर्घटनामा परि ज्यान गुमाउँने मजदुरहरुप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका हुन् । शुक्रबार मुस्ताङ स्याङ्बोचेमा खाना खाएर तामाखोलामा काम गर्न जाँदै गरेका मजदुर चढेको ट्रिपर दामोदरकुण्ड गाउँपालिका ३ स्याङ्बोचेमा सडकबाट खसेर दुर्घटना हुँदा २० जना मजदुरहरुको मृत्यु भएको छ , भने १५ जना गम्भिर घाइते भएका छन् । ट्रिप्पर दुर्घटनामा परि दाङको राजपुर गाउँपालिका १ का २५ वर्षका कमल बुढा, ३० वर्षका बालकुमार घर्ती, राप्ती गाउँपालिका ३ कि ३१ वर्षकी कविता घर्तीमगर, ३५ वर्षका सुबेर चौधरी, राप्ती गाउँपालिका ९ कि ४३ वर्षकी शान्ति थापाको लगायत मजुदरहरुको दुखद निधनप्रति सिंगो गाउँपालिकालाई मर्माहत बनाएको अध्यक्ष सुवेदीले जानकारी दिएका छन् । अध्यक्ष सुवेदीले मृतक परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दै घाइते मजदुरहरुको स्वास्थ्य लाभको कामना गरेका छन् । मृतक परिवारलाई छिटो भन्दा छिटो क्षतिपूर्ति उपलब्ध गराउन र घाइतेहरुलाई पूर्णरुपमा उपचार गर्न सरोकारवाला पक्षलाई अध्यक्ष सुवेदीले वक्तव्य मार्फत गम्भिर ध्यानाकर्षण समेत गराएका छन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *