सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना पाउनै गाह्रो, विद्यालयले प्रवेश परीक्षा लिँदै

२०७६ बैशाख ८, आईतवार ०८:२६ गते २०७६ बैशाख ८, आईतवार ०८:२६ गते २०७६ बैशाख ८, आईतवार ०८:२६ गते

तनहुँ । सरकारको अबौंको लगानी सामुदायिक शिक्षामा छ । तर पनि सामुदायिक शिक्षाको गुणस्तर समग्रमा माथि उठ्न नसकेको गुनासो सुनिन्छ । गाउँमा सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण घटे पनि सहरी क्षेत्रका केही विद्यालय भने अपवाद बनिरहेका छन् ।तनहुँमा ग्रामीण क्षेत्रका अधिकांश सामुदायिक विद्यालयको अवस्था दयनीय छ । तर, केही विद्यालयमा भने भर्ना गर्न ‘सोर्सफोर्स’ समेत लगाउने अवस्था देखिएको छ । ८० सामुदायिक विद्यालय रहेको व्यास नगरपालिकामा नयाँ भर्नाका लागि अभिभावकको भिड नै देखियो ।

विद्यार्थीको चाप बढेपछि केही वर्षयता विद्यालयले प्रवेश परीक्षा लिने गरेको छ । क्षमताभन्दा बढी विद्यार्थी आउन थालेपछि प्रवेश परीक्षा लिनुपर्ने अवस्था आएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सूर्य अधिकारीले बताए । सत्यवति माविका विद्यालयका प्रधानाध्यापक इन्द्र पौडेलले अभिभावक र विद्यार्थीको विश्वास जित्न सकेकाले भर्नाका बेला चाप रहने गरेको बताए ।

सत्यवती मात्र न भै व्यास १ हाईस्कूल्टारस्थित निर्मल माध्यमिक विद्यालयमा पनि विद्यार्थी भर्नाका लागि प्रवेश परीक्षा लिने गरिएको छ । विद्यालयको प्रधानाध्यापक गणेशचन्द्र बस्नेतले विद्यार्थीको संख्या बढेकाले प्रवेश परीक्षा लिने व्यवस्था गरिएको बताए । विद्यालयमा शिशु कक्षादेखि १२ सम्म नौ सय विद्यार्थी छन् । जहाँ प्राविधिक शिक्षालाई जोड दिई पठनपाठन गराईएको उनले बताए ।व्यास ७ मा रहेको चण्डीदेवी माध्यमिक विद्यालयमा भने सन्तोषजनक अवस्थामा नयाँ भर्ना आएकाले प्रवेश परिक्षा नलिईएको प्रधानाध्यापक रामदत्त पौडेलले जानकारी दिए । चण्डीदेवीमा चार सय १० विद्यार्थी छन् ।

सानो कक्षामा निजी, ठूलामा सामुदायिकमा चाप

दमौलीका निजी लगानीका चलेका विद्यालयमा विद्यार्थी भर्नाको चाप देखिएको छ । व्यास दिव्यज्योति बोर्डिङ, बाराही आवासिय मावि, न्यू मनकामना अंग्रेजी बोर्डिङ, पराशर उच्च मावि, गोरखकाली आवासीय माविलगायतका बजारका चलेका विद्यालयमा पनि विद्यार्थी भर्नाको आकर्षण देखिएको छ ।पछि खुलेका विद्यालयहरु पनि आकर्षक योजनाका साथ विद्यार्थी तान्ने दौडमा छन् । साना कक्षामा निजी तथा ठूला कक्षामा सामुदायिकमा बढी चाप देखिएको यस क्षेत्रका जानकार बताउँछन् । सरकारको छात्रवृत्ति नीतिले सामुदायिकलाई प्राथमिकता दिने भएकाले समस्यामा परेको निजी लगानीका विद्यालयका सञ्चालक बताउँछन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *