काठमाडौं। फ्रेन्च क्लव पिएसजी आफ्ना स्टार खेलाडी नेइमारलाई बेच्न तयार भएको छ । तर, यसले नेइमारलाई किन्न प्रयासरत बार्सिलोनालाई भने उल्टै तनाव थपिएको छ । पिएसजीले नेइमारको मूल्य बार्सिलोनाले अपेक्षा गरेभन्दा धेरै तोकिदिएपछि बार्सिलोनालाई तनाव थपिएको छ । अब बार्सिलोनाले यसपटक नेइमारलाई अनुबन्ध गर्न गाह्रो हुने देखिएको छ।
पिएसजीले नेइमारलाई बेच्न तयार भएको जनाउँदै उनको मूल्य २ सय २२ मिलियन यूरोभन्दा बढी भएको बताएको छ । नेइमारका लागि २ सय मिलियनभन्दा बढी तिर्न नसकिने निष्कर्ष निकालेको बार्सिलोनालाई यसले तनाव थपिएको हो । स्पेनिस मिडिया मार्काले पीएसजी नेइमारलाई अनुबन्ध गर्दाको खर्च उठाउने दाउमा भएकोले यस्तो गरेको बताएको छ ।
सन् २०१७ मा नेइमारलाई पीएसजीले बार्साबाट २ सय २२ मिलियन यूरोमा अनुबन्ध गरेको थियो । नेइमार अहिलेसम्मकै महंगा खेलाडी हुन् । यतिबेला नेइमार पीएसजी छाड्न चाहिरहेका छन् । उनी बार्सिलोना जान चाहन्छन् र यसका लागि बार्सिलोनाले राखेका तीन शर्त उनले सहर्ष स्वीकार गरिसकेका छन् । बार्सिलोनाले नेइमारको लागि खेलाडी र केही रकम दिने बाचा गर्दासमेत पीएसजीले मानिरहेको छैन । बार्सिलोना नेइमारका लागि फिलिप कोटिन्हो वा उस्माने डेम्बेले पिएसजीलाई दिन तयार छ ।
पिएसजी भने खेलाडी लिने पक्षमा छैन । उसलाई खेलाडीमा भन्दा बजेट बढाउने चिन्ता छ । यस्तो अवस्थामा पीएसजीले बार्साले नेमार अनुबन्ध गर्न चाहे २ सय २२ मिलियन युरोभन्दा बढी तिर्नुपर्ने बताएको हो । अर्कोतर्फ बार्सिलोनाले एथ्लेटिको मड्रिडबाट एन्टोइन ग्रीजम्यान अनुबन्ध गर्ने तयारी समेत थालेको छ । त्यहाँ पनि बार्साको बजेट खर्च हुनेछ ।
Views: 0