विश्व च्याम्पियन फ्रान्सका स्ट्राइकर ग्रिजम्यान बार्सिलोनामा

२०७६ असार २७, शुक्रबार २०:५१ गते २०७६ असार २७, शुक्रबार २०:५१ गते २०७६ असार २७, शुक्रबार २०:५१ गते

म्याड्रिड : स्पेनिस लिग च्याम्पियन बार्सिलोनाले विश्व च्याम्पियन फ्रान्सका स्ट्राइकर एन्टोइन ग्रिजम्यान भित्र्याएको छ। बार्साले एट्लेटिको म्याड्रिडबाट उनलाई आबद्ध गरेको हो।२८ वर्षीय ग्रिजम्यानले बार्सासँग पाँच वर्षको अनुबन्धन गरेका छन्। सन् २०१४ मा रियल सोसिडाडबाट एट्लेटिको भित्रिएयता ग्रिजम्यानले क्लब फुटबलमा दुई सय ५६ खेल खेल्दै एक सय ३३ गोल गरेका थिए।

सन् २०१८ को जुनमा ग्रिजम्यानले एट्लेटिकोसँग थप पाँच वर्षको अनुबन्धन गरेपनि केही महिनाअघि क्लब छाड्ने बताएका थिए। बार्साले ग्रिजम्यानलाई भित्र्याउन एक सय २० मिलियन युरो खर्चिएको जनाइएको छ।उनी सबैभन्दा महँगो मुल्यमा भित्र्याइएका खेलाडीको सूची छैटौँ स्थानमा छन्। उनीभन्दा अगाडि केलियन एमबाप्पे, फिलिप कौटिन्हो, जोवा फेलिक्स र ओसमाने डेम्बेले छन्।देश संचार

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *