भालुवाङमा स्थानीय सरकार र व्यवसायी बिच अन्र्तक्रिया

२०७५ भाद्र ७, बिहीबार १३:०२ गते २०७५ भाद्र ७, बिहीबार १३:०२ गते २०७५ भाद्र ७, बिहीबार १३:०२ गते

ओमप्रकाश गुप्ता
भालुवाङ ७ भदौ । भालुवाङ होटल व्यवसायी समितिको आयोजनामा राप्ती गाउँपालिका स्तरीय स्थानीय सरकार र व्यवसायी बिचको अन्र्तक्रिया कार्यक्रम आज भालुवाङमा सम्पन्न भएको छ । समितिका अध्यक्ष महेश बेल्वासेको अध्यक्षता एवम् राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा व्यवसायीहरुले स्थानीयतहले कर बढाएको, छाडा पशुचौपाया, ट्राफिक जाम, फोहरमैलाको समस्या, शान्ति सुरक्षा लगायतका विषयमा जिज्ञासा राखेका थिए । जिज्ञासाको जवाफ सम्बन्धीत विषयका व्यक्तित्वहरुले दिएका थिए । कार्यक्रममा राप्ती गाउँपालिकाकी उपाध्यक्ष जगदम्बा कुमारी चौधरी, वडा नम्बर १ का वडा अध्यक्ष ताराबहादुर डिसी, राप्ती उद्योग वाणिज्य संघ भालुवाङका अध्यक्ष जगतप्रसाद पोख्रेल, इलाका प्रहरी कार्यालय भालुवाङका प्रमुख रविन्द्रराज पाण्डे, भालुवाङ खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष हस्तबहादुर गुरुङ, पत्रकार महेश रिजाल लगायतका वक्ताहरुले बोलेका थिए । समितिकी कोषाध्यक्ष लक्ष्मी खनालको स्वागत मन्तव्यबाट सूरु भएको कार्यक्रमको सञ्चालन समितिका उपाध्यक्ष नारायण शर्माले गरेका थिए ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *