काठमाडौं । आर्थिक वर्ष ०७५/०७६ मा विभिन्न कारणले युएईमा मृत्यु भएका नेपालीहरुको मृत्युको कारणहरुबारे विस्तृत अध्ययन गर्दै नेपाली दूतावास युएईले तथ्याङ्क सार्वजनिक गरेको छ। राजदूतावास आबुधाबीको तथ्याङ्कअनुसार ज्यान गुमाउनेमध्ये ९३ जना पुरुष र ५ जना महिला छन् । एक बर्षमा मृत्यु हुनको संख्या ९८ रहेको छ ।तथ्याङ्कमा आर्थिक यो वर्षमा युएईमा २३ जना नेपालीले आत्महत्या गरेका छन् । २ महिला र २१ पुरुष गरी २३ जनाले आत्महत्या गरेका हुन् । जुन अघिल्लो वर्षभन्दा कम हो । अघिल्लो वर्ष ३१ जनाले आत्महत्या गरेका थिए । ४८ जना पुरुषको प्राकृतिक कारणले मृत्यु भएको छ । प्राकृतिक कारणमा मदिरा सेवन,हृदयघात,मस्तिष्क पक्षघातलगायतले मृत्यु हुने गरेको छ । त्यस्तै २ महिला र २१ जना पुरुषको सवारी दुर्घटनामा मृत्यु भएको दूतावासले जनाएको छ ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0