घाेराहिमा जारि तिज महाेत्सवमा राैनकता बढ्दै : गायक बद्रि पंंगेनिि संग झुमे दर्शक

२०७५ भाद्र २४, आईतवार १४:२५ गते २०७५ भाद्र २४, आईतवार १४:२५ गते २०७५ भाद्र २४, आईतवार १४:२५ गते
हिन्दुहरुको महान् पर्व हरितालिका तीजकाे अवसरमा घाेराहीमा जारी तीज महाेत्सवकाे तेस्राे दिन लाेकदाेहाेरी गायक बद्रि पंगेनी लगायतका कलाकारहरूले प्रस्तुती राखेका छन् ।
अनाथ बालबालिका सहयोगार्थ राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान दाङको आयोजनामा शुक्रवारदेखी सुरू भएकाे ‘तीज विशेष सांस्कृतिक महोत्सव २०७५’ मा अाईतवार लाेकप्रीय लाेकदाेहाेरी गायक बद्रि पंगेनीले अाधा दर्जन बढि गीतहरू प्रस्तुती राखेका थिए । उनले ‘भाउजुकाे हाईहाई छ दाइ लाहुरे भएर, जमुना बने है नमुना, घाेराहीकाे बजारमा जमउला नाचाैला झ्याउरेकाे तालैमा, पानी सलल, कान्छी ए कान्छी’ लगायतका गीतहरू प्रस्तुत गरेका थिए । भदाैरे झरीमा पनि महाेत्सवमा दर्शकहरूकाे बाक्लाे उपस्थिति रहेकाे थियाे । दर्शकहरू छाता अाेढेरै पनि महाेत्सवमा सहभागी भएका थिए ।
महाेत्सवमा अाईतवार चर्चीत हास्य कलाकार कमल गाउलेले अाफ्नाे प्रस्तुति राखेका थिए । गाउलेले समसामयिक विषयमा राजनितिक, सामाजिक एवं तीत विकृतिलाई हास्यव्यग्य रूपमा प्रस्तुत गरे ।
महाेत्सवमा बद्रि पंगेनी, कमल गाउलेका साथै प्रकाश साेनी, सुनिता बुढा मगर, विजय पुन, कल्पना घले, कमला पुन, राजबाबु शाही लगायतका कलाकारहरूले प्रस्तुती राखेका थिए ।  महाेत्सवमा  खुला तीज नृत्य प्रतियाेगिता भईरहेकाे छ ।
साेमवार प्रिती अाले अाउने
महाेत्सवमा साेमवार चर्चीत गायिका प्रिति अालेकाे प्रस्तुति रहने भएकाे छ ।
महाेत्सवकाे चाैथाे दिन अालेसँगै गायक यादवनाथ याेगी, पिताम्बर रिजाल लगायतका कलाकारहरूकाे।प्रस्तुति महाेत्सवका सांस्कृतिक संयाेजक राजेन्दर दाहालले जानकारी दिनुभयाे ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *