युरोप, अमेरिका र अफ्रिकाका मोडल ‘डेब्यु २०१९’ फेसन सो को लागि नेपाली र्‍याम्पमा ।

२०७६ श्रावण ३१, शुक्रबार १०:०८ गते २०७६ श्रावण ३१, शुक्रबार १०:०८ गते २०७६ श्रावण ३१, शुक्रबार १०:०८ गते

ललितपुर – पाटन दरबार संग्रहालयमा ‘डेब्यु २०१९’ नामक अन्तर्राष्ट्रिय फेसन सो हुने भएको छ। बुधबार यलमाया केन्द्रमा आयोजित पत्रकार सम्मेलनमा पाटन दरबार संग्रहालयमा आयोजना हुन लागेको फेसन शोबारे जानकारी गराइएको थियो। नेपाली कपडा उत्पादन गर्ने कासाले ‘डेब्यु २०१९’ फेसन सोको आयोजना गर्ने भएको हो।

नेपाल भ्रमण वर्ष – २०२० लाई केन्द्रित गरेर आयोजना हुन लागेको फेसन सोमा स्वदेशी उत्पादनलाई प्रवद्धन गरिने जानकारी आयोजक कासाकी सञ्चाालक रमिला नेम्कुलले दिइन्। आगामी भदौं १३ मा पाटन दरबार संग्रहालय फेसन सो आयोजना लागेको उनले बताइन्। ‘नेपाली डिजाइनरहरूलाई अन्तर्राष्ट्रियस्तरका विभिन्न फेसन ब्रान्डबारे जानकारी गराउन यो फेसन सोको आयोजना गर्दैछौं। नेपालसहित विदेशका विभिन्न २१ वटा ब्रान्डहरूका डिजाइनहरू फेसन सोमा समावेश गर्नेछौं,’उनले भनिन् , ‘यो फेसन सोमा नेपाली डिजाइनरहरूका डिजाइनहरू अन्तर्राष्ट्रियस्तरमा पु¥याउनका लागि प्ल्याटफम समेत हो।’

यस फेसन सोमा पूर्व मिस नेपाल शृंखला खतिवडा, मनिता देवकोटा, प्रिया सिग्देल, रोनाली अमात्य, महिमा सिंह, अस्मी श्रेष्ठ, निकिता चण्डक, आस्था पोखरेल, सविता कार्की, सन्दिपा लिम्बु र अन्जली लामा लगायत मोडलहरू सोज्ज टपरको रूपमा देखिँदैछन्। कोरियोग्राफरको रुपमा आस्था पोखरेलले सोको कोरियोग्राफी गर्दैछिन्। ‘डेब्यु २०१९’ फेसन सोमा एनी कुकोहोभी, अल्फ्रिडा अलिफिया, मेल्बा इमान्युला र निशी भारद्धाज र रेवती क्षेत्रीसमेत ¥याम्पमा देखिँदैछन्। स्रोत: नागरिक

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *