कलेजलाई आइटि हवकारुपमा विकास गर्न अम्विकेश्वरी कलेजमा नयाँ संकाय थप

२०७५ भाद्र २५, सोमबार १२:१६ गते २०७५ भाद्र २५, सोमबार १२:१६ गते २०७५ भाद्र २५, सोमबार १२:१६ गते

दाङ। दाङको घोराहीबाट सञ्चालनमा आएको अम्विकेश्वरी कलेजमा २ वटा संकाय थपिएका छन् । कलेजले शनिवार घोराहीमा पत्रकार सम्मेलन गरेर त्रिभुवन विश्वविद्यालयबाट मानविकी संकायतर्फको विसिए र व्यवस्थापन संकायतर्फको विआईएमको सम्बन्धन प्राप्त गरेको जानकारी दिएको हो ।

कलेज प्रमुख चन्द्रप्रकाश खनालको अध्यक्षता एवं नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनको प्रमुख आतिथ्यतामा भएको पत्रकार सम्मेलनमा बोल्दै कलेज सञ्चालक समितिका अध्यक्ष दोर्ण खड्काले अम्विकेश्वरी कलेजलाई आई.टी. को हवका रुपमा विकास गरिने बताउनुभयो । ५ वर्ष पहिले २३ जना विद्यार्थीहरुबाट पठनपाठन सुरु गरेको भन्दै अध्यक्ष खड्काले छोटो समयमै मोफसलको उत्कृष्ट क्याम्पसका रुपमा आफूहरु स्थापित भएको दावी गर्नुभयो ।

मोफसलमा जनशक्तिको अभाव हुँदाहुँदै पनि विभिन्न समस्यासँग जुझ्दै उत्कृष्टता प्रदान गर्दै आफूहरु अगाडि बढेको भन्दै खड्काले यस वर्षदेखि २ वटा विसिए र वि.आई.एम. को पठनपाठन सुरु गर्न लागेको बताउनुभयो । स्थापना कालदेखि वि.एस्सी. सि.एस. आई.टी. को मात्रै पठनपाठन सुरु गरेको कलेजले अब सबै विद्यार्थीहरुलाई पठनपाठन गर्ने अध्यक्ष खड्काले बताउनुभयो ।

कार्यक्रममा बोल्दै कलेज प्रमुख चन्द्रप्रकाश खनालले कलेजले दक्ष जनशक्ति उत्पादन गर्ने मात्र नभई विद्यार्थीहरुका लागि रोजगारीको ग्यारेन्टी पनि गर्ने बताउनुभयो । विश्वका विकसित मुलुकका कलेजसँगको सहकार्यमा सिकाई आदान प्रदान गर्ने तयारीमा आफूहरु रहेको खनालले बताउनुभयो ।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनले जिल्लाको समृद्धिका लागि अम्विकेश्वरी कलेजको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । कार्यक्रममा कलेजका प्राध्यापक विष्णु पाण्डे, विटेकका सिइओ आशिष वेलवासेलगायतले बोल्नुभएको थियो ।
कलेजले शनिबार नै घोराही वजार परिक्रमा गर्नुका साथै तिज मिलन कार्यक्रम सम्पन्न गरेको कलेजले जनाएको छ । कार्यक्रमको सहजीकरण प्राध्यापक नवराज वसेलले गर्नुभएको थियो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *