वडा कार्यालय र स्वास्थ्य चौकी भवन निर्माणका लागि स्थानीयद्धारा जग्गा दान

धीरज कोरी/कपिलवस्तु,पुष ११/विजयनगर कपिलवस्तु जिल्ला काे विजयनगर गाउँपालिका अन्तर्गत वडा नम्बर ६ को वडा कार्यालय भवन निर्माणका लागी स्थानीयले जग्गा दान गरेका छन् । बिहीबार वडा अध्यक्ष प्रेम बहादुर कलवार र स्थानीय बासिन्दाको बिचमा भएको छलफलमा दुई जनाले वडा कार्यालय भवन निर्माणार्थ जग्गा दान गरेका हुन ।
वडा नम्बर ६ खडैचा निवासी सन्तराम मौर्य र प्रेम नारायण मौर्यले डेढ कठ्ठा जग्गा ६ नम्बर वडा कार्यालय भवन निर्माणका लागी दान गर्नुभएको छ । त्यस्तै वडा नम्बर ६ कै स्वास्थ्य चौकी निर्माणका लागि पनि जग्गा दान गरिएको छ । वडा नम्बर ६ बद्धौर निवासी लाल गोपाल पङ्गेनीले एक कठ्ठा, सोही स्थानका सुरज थापा र रणबिर थापाले दश–दश धुर जग्गा स्वास्थ्य चौकी निर्माणका निम्ती दान गर्नु भएको हो । जग्गा दान भएपछी अब ६ नम्बर वडा कार्यालयको भवन खडैचाको पश्चिम तर्फ बद्धौर जाने सडकको दक्षिण पट्टि र स्वास्थ्य चौकी भने बद्धौर स्थित जन जागृती आभारभुत विद्यालयको पछाडी पट्टि बन्ने वडा नम्बर ६ का वडा अध्यक्ष प्रेम बहादुर कलवारले जानकारिदिनु भएको छ ।
अध्यक्ष कलवारले जग्गा दाताहरुलाई धन्यबाद दिदै यस उदाहरणीय कार्यको प्रसंसा पनि गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *