उडान रोक्न पर्ने या नपर्नेबारे नेपाल नागरिक उड्डयन प्राधिकरणले अध्ययन गर्दै ।

काठमाडौं १८ फागुन, कोरोना भाइरसको संक्रमण मध्यपूर्वी एसिया र यूरोपमा समेत देखिएपछि त्यसको त्रास नेपालसम्म आइपुगेको छ । किनकी त्यहाँ ठूलो संख्यामा नेपाली समुदाय बसोबास गर्छन् ।पछिल्लो समय कोरोनाको संक्रमण फैलिएका मुलुकले आफ्नो विमानस्थलमा चीनले जति सतर्कता अपनाउन नसके नेपाल समेत प्रभावित हुने सम्भावना छ । अब नेपाल उडान गरिरहेका वायुसेवा कम्पनीको नेपाल उडान रोक्न पर्ने या नपर्नेबारे नेपाल नागरिक उड्डयन प्राधिकरणले अध्ययन गर्दैछ । आइतबार पर्यटनमन्त्री योगेश भट्टराईको संयोजकत्वमा बसेको बैठकले नेपाल उडान गरिरहेका जहाजको उडान रोक्न पर्ने वा नपर्ने सम्बन्धमा अध्ययन गरी प्रतिवेदन पेश गर्न प्राधिकरणलाई जिम्मेवारी दिएको छ । नागरिक उड्डयन प्राधिकरणले दुई दिनभित्र यसबारे प्रतिवेदन दिनेछ । प्राधिकरणले कोरोनाको प्रभाव न्यूनिकरण गर्न रोकथामका लागि विभिन्न मुलुकले अपनाएको उडानसम्बन्धी रणनीतिको अध्ययन गर्नुका साथै विज्ञहरुसँग समेत छलफल गरी सुझाव दिने भएको छ । बैठकले सडक मार्गबाट नेपाल प्रवेश गर्ने यात्रुको स्वास्थ्य जाँच गर्ने व्यवस्थाका लागि स्वास्थ्य मन्त्रालय र अध्यागमन विभागसँग समन्वय गर्ने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *