बलात्कारीलाई मृत्युदण्डको सजाय माग गर्दै महिला नेतृहरु एक भए, बुझाए गृहमन्त्रीलाई ज्ञापनपत्र…….(हेर्नुहोस् पुरा बिवरण)

२०७५ आश्विन १३, शनिबार ०५:३० गते २०७५ आश्विन १३, शनिबार ०५:३० गते २०७५ आश्विन १३, शनिबार ०५:३० गते

बलात्कारीलाई मृत्युदण्डको सजाय माग गर्दै महिला नेतृहरु एक भए, बुझाए गृहमन्त्रीलाई ज्ञापनपत्र…….(हेर्नुहोस् पुरा बिवरण)काठमाडौँ, १२ असोज । बालबालिका, किशोरी र महिला हिंसाविरुद्ध कडा कानून बनाएर पीडितलाई समय मै न्याय दिन माग गर्दै गृहमन्त्री रामबहादुर थापालाई ध्यानाकर्षण गराइएको छ ।

नेपाल कम्युनिष्ट पार्टीका नेत्री अष्टलक्ष्मी शाक्यको नेतृत्वमा एक प्रतिनिधिमण्डलले मन्त्री थापाको कार्यकक्षमा आज ध्यानाकर्षणपत्र बुझाएको हो ।

उक्त पत्रमा अपराधीले अपराधअनुसारको सजाय पाउनुपर्ने, छोरी आमाको गर्भमा, घरभित्र वा बाहिर कही पनि सुरक्षित हुनुपर्ने, प्रेम वा यौन प्रस्ताव अस्विकार गर्दा तेजाबबाट पोलिनु र मर्नुपर्ने अवस्थाको अन्त्य गर्न माग गरिएको छ ।

निर्मला पन्त, सम्झना दास, श्रीया सुनार आदि घटनाले मानव सभ्यता, मानवीयता र लोकतन्त्रको अस्तित्वलाई सङ्कटमा पारेको पत्रमा उल्लेख गरिएको छ ।

पत्र बुझेपछि मन्त्री थापाले देशका विभिन्न स्थानमा पछिल्लो पटक भइरहेको महिला हिंसाका घटनामा संलग्न दोषीलाई कानूनको कठघरामा ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

महिला हिंसा तथा अपराधको घटनाले सबैतिर चिन्ता बढाएको बताउँदै उहाँले भन्नुभयो, “कानूनअनुसारका सजाय अपर्याप्त छन्, अब कठोर कानून निर्माण गरिन्छ, यस्ता घटना न्यूनीकरणका लागि बलात्कारीलाई मृत्युदण्ड वा नपुङ्सक बनाउने गरी कानून परिमार्जन गर्न सुझाव आएका छन् ।”

नेत्री शाक्यले दण्डहीनताका कारण कलिलो उमेरका बालिकाको हत्या हुने गरेकामा दुःख व्यक्त गर्नुभयो । सांसद दीपक भट्ट तथा नेत्री गरिमा शाह, दिलु पन्तलगायतले यस्ता घटनालाई रोक्न अपराधीलाई हदैसम्मको कारवाही गर्नुपर्नेमा जोड दिनुभयो ।
(रासस

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *