कोरोनाभाइरस सङ्क्रमणबाट कुवेतमा एक व्यक्तिको मृत्यु !!

२०७६ चैत्र २२, शनिबार १७:४१ गते २०७६ चैत्र २२, शनिबार १७:४१ गते २०७६ चैत्र २२, शनिबार १७:४१ गते

काठमाडौं २२ चैत – हजारौं नेपाली युवाको आश्रयस्थल कुवेतमा कोरोनाभाइरस सङ्क्रमणबाट शनिबार एक व्यक्तिको मृत्यु भएको छ । त्यहाँको सरकारी समाचार संस्था कुवेत न्युज एजेन्सीले स्वास्थ्य मन्त्रालयका प्रवक्ता अब्दुल्ला अल सनदलाई उद्धृत गर्दै समाचार पुष्टि गरेको छ । कुवेतमा विगत २४ घण्टामा ६२ जना थप व्यक्तिमा सङ्क्रमण देखिएको छ । हालसम्म सङ्क्रमितको सङ्ख्या ४७९ पुगेको छ ।

यसैबीच, थप ११ जना व्यक्तिमा कोभिड–१९ निको भएको त्यहाँका स्वास्थ्यमन्त्री बसेल अल सबाले बताएको एजेन्सीले जनाएको छ । कुवेतमा ९३ सङ्क्रमित निको भइसकेको सरकारी आँकडा छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *