दसैं भत्ताका लागि सरकारी कर्मचारीलाई साढे छ अर्ब निकासा हुने

२०७५ आश्विन १५, सोमबार ०३:३१ गते २०७५ आश्विन १५, सोमबार ०३:३१ गते २०७५ आश्विन १५, सोमबार ०३:३१ गते

१५ आश्विन २०७५, सोमवार  काठमाडौं : सरकारी कर्मचारीलाई दसैंमा, भत्ता वितरण गर्न करिब साढे छ अर्ब रुपैयाँ निकासा हुने भएको छ।

दसैं भत्ताका लागि सरकारी कर्मचारीले नियमित तलब बराबरको एक महिनाको थप तलब पाउनेछन्। महालेखा नियन्त्रकको कार्यालयका प्रवक्ता जगन्नाथ शर्माले निकासा हुने यो रकम ,घटस्थापना अगाडि वितरण गरिने जानकारी दिएको समाचार अन्नपूर्ण पोस्ट दैनिकमा छ। उनले भने, ‘एक महिनाको, तलब बराबरको चाडपर्व खर्च अर्थ मन्त्रालयले निकासा गर्नेछ।

’ अर्थ मन्त्रालयका अनुसार सार्वजनिक पद धारण गरेका निजामती, सरकारी, शिक्षक र सुरक्षा निकायका कर्मचारीका लागि चाडपर्व खर्च अन्तर्गत ६ अर्ब ४७ करोड रुपैयाँ निकासा गर्न लागिएको छ।

दसैंभत्ता र नियमित तलब गरी सरकारले कर्मचारीलाई दसैंमा करिब १३, अर्ब रुपैयाँ खर्च निकासा  गर्नेछ

थाहा खबर बाट

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *