फेरी थप ३६ जनामा कोरोना संक्रमण पुष्टि, ५८४ पुगे संक्रमित

काठमाडौं । नेपालमा थप ३६ जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । देशका विभिन्न अस्पतालमा गरिएको पछिल्लो परीक्षण अनुसार थप ३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । बाँकेमा सबै भन्दा धेरे २७ जनामा संक्रमण पुष्टि भएकाे छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार सेती अस्पतालमा ४ जना रहेका छन् । उनीहरू आरडीटी पोजेटिभ देखिएकोमा पीसीआर विधिबाट गरिएको परीक्षण पनि पोजिटिभ देखिएको हो ।

कोसी अस्पतलामा गरिएको परीक्षणमा झापाका थप एक जनामा १ जनामा पोजेटिभ देखिएको छ । त्यसैगरी, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा नरैनापुर मदर्साका ६ जनाको पोजेटिभ देखिएका छन् । नरैनापुर ३ को राष्ट्रिय माबि गेगली १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।त्यसैगरी नरैनापुर १ को राष्ट्रिय माबि महातनीयामा ६ जनाको नमुना पोजेटिभ देखिएको छ । बर्दियाका बढैयाताल १ जनामा पनि कोरोना भाइरस पोजेटिभ देखिएको छ ।सुर्खेतमा गरिएको परीक्षणमा पनि ३ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै ५ सय ८४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।